nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

पालुङका युवा व्यवसायीको शव हेटौँडामा भेटियो

pabitraman-1592931130.jpg

हेटौँडाका एक युवा व्यवसायीको शव हेटौँडा उपमहानगरपालिका वडा नम्वर १ भैरवडाँडा जाने जंगलमा फेला परेको छ । उनीको पुख्र्यौली घर मकवानपुर थाहा नगरपालिका वडा नम्बर २ पालुङ हो । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता इन्द्रबहादुर रानाले दिएको जानकारी अनुसार हेटौँडा ५ सानोपोखरा निवासी ३० बर्षका पवित्रमान श्रेष्ठको शव ९ असार विहान फेला परेको हो ।

राप्तीपुलबाट भैरवडाँडा जाने बाटोको जंगलमा उनको शव उत्तानो अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको शव नजिकै किटनाशक औषधीसमेत भेटिएको छ ।

किटनाशक औषधी शेवन गरेर उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुसन्धानबाट बुझिएको प्रवक्ता रानाले जानकारी दिए । उनको शव पोष्टमार्टको लागि हेटौँडा अस्पतालको शव गृहमा ल्याइएको उनले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता रानाको भनाई छ ।

मृतक श्रेष्ठ जग्गा सम्बन्धि व्यवसायमा आवद्ध थिए ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)