Tuesday, 16th June, 2026
वि.स.

पार्किङमा राखेको ट्याङ्करमा करेन्ट प्रवाह हुँदा एक जनाको मृत्यु

karent-1596273420.jpg

 नेपालगञ्जमा पार्किङमा राखिएको ट्याङ्करमा करेन्ट प्रवाह हुँदा एक १ जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा बारा जितपुर सिमरा नगरपालिका निवासी २२ वर्षीय राज थापा मगर रहेका छन् ।

नेपाल आयल निगम लिमिटेड, इन्धन डिपो नेपालगञ्जमा पेट्रोलियम पदार्थ ढुवानी गर्ने ना ४ ख २६५१ नंको ट्याङ्करमा करेन्ट प्रवाह हुँदा सहचालक थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।करेन्ट लागेर गम्भीर घाइते भएका थापाको शिक्षण अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो ।

मृतकको शवपरीक्षणका लागि नेपालगञ्जस्थित भेरी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०