Wednesday, 26th August, 2026
वि.स.

पारित भयो प्रदेश ३ को बजेट

प्रदेश ३ सरकारले ल्याएको आर्थिक वर्ष २०७५/७६ को बजेट पारित भएको छ । अस्थायी मुकाम हेटौंडामा २१ असारमा बसेको प्रदेशसभा बैठकले प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०७५/७६ को बजेट पारित गरेको हो ।

प्रदेशको आर्थिक विधेयक र कर तथा गैरकर राजस्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएसंगै प्रदेशको बजेट पारित भएको हो । गत मंगलबार विनियोजन विधेयक र सोसंग सम्बन्धित योजना तथा कार्यक्रमहरुको विवरण पारित भएको थियो । योसंगै प्रदेश सरकारलाई साउन १ गतेदेखि खर्च गर्न र राजस्व संकलन गर्न बाटो खुलेको छ ।

प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ को लागि ३५ अर्ब ६१ करोड ५६ लाख बराबरको बजेट ल्याएको थियो । २१ असारको बैठकमा विशेष समय लिएर बोल्दै प्रमुख विपक्षी कांग्रेसका नेता इन्द्रबहादुर बानिँयाले अघिल्लो सरकारले नियुक्त गरेका प्रदेश प्रमुख परिवर्तन गर्ने निर्णय हुन लागेको भन्दै निर्णय फिर्ता लिन माग गर्नुभयो । उहाँले अनशनरत डा। गोविन्द केसी र गंगामाया अधिकारीको जीवन रक्षाको समेत सरकार समक्ष माग गर्नुभयो ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif