nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

पाण्डुकेश्वरको मुर्ति स्थानान्तरण

थाहा नगरपालिको ऐतिहासिक र पौराणिक महत्व बोकेको पाण्डुकेश्वर मन्दिरमा  शनिबार मन्दिरको ऐतिहासिक महत्व र पुरातात्विक संरचनामा नव निर्माणका लागि भेला सम्पन्न भएको छ । कार्यक्रममा मन्दिर नवनिर्माण गर्नका लागि हालको मन्दिरमा रहेको महादेवको मुर्ती र अन्य मुर्तीहरु नव–निर्मित धर्मसाला भवनमा स्थानान्तरण गरि पुजापाठ तथा लहु रुद्री समेत लगाइएको थियो । पाण्डुकेश्वर क्षेत्र बिकास समितिको आयोजनामा सञ्चालन भएको कार्यक्रममा मन्दिरमा रहेका सम्पुर्ण मुर्ती तथा मन्दिरको सामाग्रीहरुको नामासुची बनाइ भेलामा जानकारी गराउदै उक्त मुर्ती तथा बस्तुहरु सुरक्षित राखिएको छ । वडा नं २ का वडाध्यक्ष गुप्त बहादुर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा समितिका अध्यक्ष जनक हमालको सभाध्यक्षता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नं २ का वडाध्यक्ष कार्कीले आफु महत्वपुर्ण समयमा रहेको सुनाउदै जगतको एकदम चर्चित मन्दिर पाण्डुकेश्वरको मन्दिर नयाँ निमार्ण र स्थानान्तरणको कार्यक्रममा सहभागी राम्रो कार्यको सुभारम्भ भएकोमा सबैलाइ धन्यबाद दिए । आफु खेलेको घुमेको मन्दिर बिभिन्न कारण जिर्ण हुनुका साथै २०७२ सालको भुकम्पले पनि जिर्ण भएको मन्दिरलाइ पुरातत्व बिभागले नवनिर्माणको लागि सहयोग गरेकोमा पुरातत्व बिभागलाइ समेत धन्यवाद ब्यक्त गरे । उनले नगरपालिकाको धार्मिक क्षेत्र पाण्डुकेश्वर र ऋषेश्वर मन्दिरको बिषयलाइ बिबादित नबनाइ नगरपालिकाको आश्वासनको आधारमा समितिको अध्यक्ष सहित राखेर समाधान गरि सकेसम्म पुरानै कायम गर्ने बताए । थाहा नगरलाइ धार्मिक पर्यटन केन्द्र बनाउनको लागि पुराना कुरा र यथार्थकुरालाइ सम्भव भए सम्मको संचारको माध्यम प्रयोग गरि प्रचारप्रसार गर्नका लागि बैठक गरेर जाने बताए ।


कार्यक्रममा बोल्दै वडा नं ३ का वडाध्यक्ष राजेश केसीले ऋषेश्वर मन्दिरको अवस्था निक्कै नै जटिल भएको कारण मन्दिर संरक्षण समिति गठन गर्नु पर्ने बताए । आफु ऋषेश्वर वन समितिको अध्यक्ष भएर पनि मन्दिरमा संकलन भएको रकम संकलन गरेर राखेको र त्यसको उचित सदुपयोग गर्ने तर सबैको सल्लाह अनुुसार नै गर्ने बताए । अन्य मानिसहरुले रकम संकलन गरेर आफैले प्रयोग गर्ने गरेको र भर्खरै सम्पन्न फाल्गुण पुर्णिमाबाट पनि २४ हजार ९ सय ३० रुपैया संकलन भएको रकम आफुले सुरक्षित राखेको बताए ।
नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्रालय पुरातत्व बिभागले पाण्डुकेश्वर महादेव मन्दिर पुन निर्माणको लागि मु.अ. कर सहित १ करोड १७ लाख  ९२ हजार ७ सय ८४ रुपैयाँ ३० पैसामा बि.स. २०७५ असार मसान्त सम्ममा निर्माण सम्पन्न हुने भएको हो । भक्तपुरका धर्म एस÷छायाँश्वरी जे.भीले ठेक्का नं डी.ओ.ए.–३÷०७४÷०७५ अनुसार ठेक्का लिइ कार्य सुरु गरेको हो । मन्दिर भत्काउने कार्य शनिबारबाट नै साइत अनुसार सुरु भएको भए पनि २८ गते बजेबाट भने औपचारिक रुपमा नै भत्काउने र निर्माणको कार्य गरिने निर्माण ब्यवसायी हरि प्रसाद फुयाँलले बताए ।
शान्तिपुर सम्बाददाता संग कुराकानी गर्दै पाण्डुकेश्वर क्षेत्रबिकास समितिका सदस्य कमल कुमार केसीले मन्दिरमा दैनिक नित्य पुजा गर्न, नगरा बजाउन, सरसफाइ र अन्य कार्यको लागि ३ जना कर्मचारी नियुक्ति गरिएको भए पनि समितिको आम्दानिको स्रोत नभएकोले समस्या भैरहेको बताए । 
बैठक बसेर झोलामा माइन्युट राखेर घरमा राख्नु पर्ने अवस्थाबाट यो अवस्था सम्म आउदा आज यो मन्दिर पनि भत्काउन परेको छ, राज्यबाट बार्षिक १६ हजार ६ सय रुपौया गुठी संस्थानबाट आउने भए पनि बार्षिक रुपमा बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्न ५ लाखले पनि नपुग्ने समितिका अध्यक्ष जनक हमालले बताए ।हाल पनि संस्थालाइ १ लाख ५० हजार रुपैया ऋण रहेको पनि जानकारी दिए ।


समितिका उपाध्यक्ष बिष्णुहरी ढकालले स्वागत मन्तव्य ब्यक्त गरेको कार्यक्रममा संस्थापक अध्यक्ष राममणी ढकाल, मालपोत अधिकृत मोहन प्रसाद दाहाल, इलाका प्रहरी कार्यालय पालुङका सहायक प्रहरी निरिक्षक क्षम बहादुर तामाङ, सरस्वती आधारभुत बिद्यालयका प्रद्यानाध्यपक महेन्द्र प्रधान, नाइस जापानका स्वयम सेवकहरु, बिभिन्न संघसंस्थाका प्रतिनिधि तथा पत्रकारहरुको आतिथ्यता रहेको थियो ।
 



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।