Saturday, 20th June, 2026
वि.स.

पाँच वर्षभित्र ४ हजार किलोमिटर सडक निर्माण गर्ने बागमती सरकारको लक्ष

sadak-1615961745.jpg

 वाग्मती प्रदेश सरकारले विभिन्न क्षेत्रको सडकको निर्माण र स्तरोन्नती कार्य गरिरहेको छ। विशेषगरी हेटौँडा-काठमाडौंका छोटो दुरीको वैकल्पिक मार्गलाई स्तरोन्नती गर्ने कार्य भइरहेका छन्।

भैँसे भिमफेदी सडक खण्ड करिब १२ किलोमिटर स्तरोन्नती कार्य भइरहेको छ। २०७७ असार २४ गते सम्झौता भएको सो सडकको निर्माण २०७९ असार २३ गते सम्पन्न हुनेछ। सम्झौता रकम ३८ करोड ७८ लाख रहेको जनाएको छ। स्तरोन्नती पश्चात डबल लेनको सडक बन्ने छ। उक्त स्तरोन्नती कार्यको आशिषरडिएस जेबीले ठेक्का लिएको यातायात पूर्वाधार निर्देशनालयका प्रवक्ता हरिप्रसाद ओझाले बताए।

भिमफेदी कुलेखानी सडक अन्तर्गत २ सेक्टरमा भएको भिमफेदी देउराली खण्ड ८ किलोमिटर रहेको छ। यस्को निर्माण कम्पनी मोतीदाना रायमझी जेबी रहेको छ। २०७६ माघ १७ गते सम्पन्न गर्नु पर्नेमा कोरोनाका कारण ६ महिना म्याद थपी २०७७ साउन १५ गते पुयाइएको छ। यस्को सम्झौता रकम १८ करोड १७ लाख ६ हजार रहेको जनाएको छ।

यसैगरी, भिमफेदी कुलेखानी अन्तर्गत देउराली कुलेखानी खण्डको सडक ५ दशमलब ५ मिटरमा पिच हुने जनाएको छ। २०७६ माघ १७ मा निर्माण शुरु भएको सो सडक ६ महिना म्याद थप गरी २०७८ साउन १५ गते सम्म सम्पन्न गर्नुपर्ने जनाएको छ। मोतिदानरएसरपिए जेबी कम्पनीले लिएको ठेक्का सम्झौता रकम १६ करोड ७१ लाख रहेको जनाएको छ।

यसै अन्तर्गत कुलेखानी सिस्नेरी छैमले सडक अन्तर्गत कुलेखानी ज्यामिरे खण्ड ५ दशमलब ८ किलोमिटर स्तरोन्ती भइरहेको निर्देशनालयले जानकारी दिएको छ। पूर्वाधार विकास कार्यालय चितवनमार्फत साबिकमा सडक विभाग अन्र्तगत सडक डिभिजनबाट हस्तान्तरण भइआएको २०७४ असार ३० गते सम्झौता भएको सडक खण्ड कारोनाको कारण ६ महिना म्याद थपी २०७८ बैशाख ३० गते सम्पन्न गर्नपर्ने जनाएको छ। यसको सम्झौता रकम १७ करोड २१ लाख ५३ हजार रहेको छ।

त्यस्तै, ज्यामिरे सिस्नेरी छैमले दक्षिणकाली सडक खण्ड करिब ११ किलोमिटर रहेको छ। उक्त सडकको टेन्डर प्रक्रियामा छ। यसको लागि १ अर्ब ४५ करोड १४ लाख १९ हजार प्रदेशको बजेट रहेको छ।

पूर्वाधार कार्यालय चितवन मार्फत मकवानपुर खण्डतर्फ करिब १२ किलोमिटर तथा पूर्वाधार विकास कार्यालय ललितपुर मार्फत काठमाडौं खण्ड करिब ८ किलोमिटर कार्यान्वयन हुनेगरी प्रस्ताव गरिएको निर्देशनालयले बताएको छ। यसमा काठमाडौंबाट पूर्वाधार विकास कार्यालय ललितपुरबाट करिब ८ किलोमिटरको लागि टेण्डर आहवान भइसकेको छ। भैँसेबाट दक्षिणकालीसम्म मात्रै काम भइरहेको हुँदा दक्षिणकालीदेखि बल्खुसम्म सडक विभागबाट कुनै प्रकृया नआएको निर्देशनालय जनाएको छ।

स्थानीय तहको केन्द्रसँग प्रदेशको राजधानी जोड्ने प्रादेशिक एवं निर्माण तथा सुधार कार्यक्रम शुरु भएको छ। स्थानीय पूर्वाधार विकास आयोजना कार्यालयका अनुसार वाग्मती प्रदेशमा ६० वटा स्थानीय तहहरुले यो कार्यक्रमका लागि माग पठाएका थिए। यो परियोजनाका लागि संघ, प्रदेश र स्थानीय तहले लागत साझेदारी गर्ने स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय हेटौँडाका प्रमुख मोहन चापागाईंले जानकारी दिए।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०