nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 8th May, 2024
वि.स.
1000043965-1707579226.jpg

पा:ल्व कृषक समूहको पिकनिक तथा भ्रमण कार्यक्रम

55529849_300036420690848_-1553402348.jpg

नयाँ वर्ष २०७६ सालको शुभकामना आदान प्रदान गर्दै पाँल्व कृषक समूहले एकदिने पिकनिक र भ्रमण कार्यक्रम गरेको छ । 

समितीका सदस्यहरु बिच सद्भाव र भातृत्व विकासको लागी नयाँ वर्ष शुभकामना प्रदान गर्दै कार्यक्रम भ्रमणको आयोजना गरिएको समुहका अध्यक्ष मधुकर बिक्रम श्रेष्ठले बताए । ९ चैत्रमा पालुङबाट भ्रमण सुरु गरेको टोलीले पलाञ्चोक भगवतीको मन्दिर दर्शन गर्दै दोलालघाट पुगेर पिकनिक कार्यक्रम गरेको हो । 

भ्रमणमा समितिका अध्यक्ष मधुकर बिक्रम श्रेष्ठ, उपाध्यक्ष जमुना श्रेष्ठ, समितीका सचिव शम्भुराज नापित, कोषाध्यक्ष राजुमान श्रेष्ठ र समितिका अन्य सदस्यहरु लगायत जम्मा २९ जनाको सहभागीता रहेको थियो । समितिले कार्यक्रममाझ नयाँ वर्षको शुभकामना आदानप्रदान गरेको छ ।

समुहले सदस्यहरुको शल्यक्रिया गर्नु परेमा वा मृत्यु भएमा २५ हजार रुपैयाँ आर्थिक सहयोग दिने, सदस्यको परिवारका ब्यक्तिको शल्यक्रिया गर्नुपर्ने भएमा वा मृत्यु भएमा ५ हजार रुपैयाँ सहयोग र सदस्यहरुले व्यवसाय सुरु गर्न चाहेमा १२ प्रतिशत व्याजमा ऋण दिने लगायतका सेवाहरु समेत प्रदान गरै आइरहेको छ ।



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।