nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

पहिलो किस्ताको ५० हजारः दसैंखर्च, तिरोभरो अनि मस्तीमा

सिन्धुपाल्चोकको मेलम्चीको सिन्धुविकास बैंकबाट पहिलो किस्ताको ५० हजार  रुपैयाँ निकालेपछि ज्यामिरेका दुई लाभग्राही घर निर्माणका लागि पाएको अनुदान जुवाको खालमा स्वाहा पारेर फर्किए ।

कृषि विकास बेंक चौताराबाट पहिलो किस्तावापत ५० हजार हात पारेपछि बतासेबाट अाएका दुई वृद्धा भन्दै थिए, ‘रक्सी पनि खाइयो यहाँ बस्दा र आउँदा ८ हजार खर्च भइसकेको छ , अब दसैं पनि मनाउनुपर्छ बाँकी बसेको पैसाले घर निर्माण सुरु गर्नुपर्ला । अाजकोराजधानी दैनिकमा समाचार छ ।

खाडीचौरमा रहेको सिन्धुविकास बैंकमा लाभग्राहीको सूचीमा श्रीमतीको नाम थियो । पैसा निकाल्न श्रीमान् श्रीमती दुवै बैंक आएका थिए । जब श्रीमतीले बैंकबाट पैसा निकालिन् तव उनीहरुबीच विवाद सुरु भयो । श्रीमान् भन्दै थिए, ‘ऋण तिर्नु छ, पैसा देऊ न ।’ श्रीमतीको जवाफ थियो, ‘यो पैसा त म मरिगए दिन्न, घर बनाउनुपर्छ ।’

जलविरेस्थित देव विकास बैंकमा पहिलो किस्ताको ५० हजार निकाल्न गोल्चेबाट आएका कामी तामाङसँगै साथ लागेर साहु पनि आए । दुई दिनेको लामो प्रतीक्षापछि तामाङले बैंकबाट पैसा हात पार्नासाथ साहुले नै पैसा लिए । केही महिनाअघि घरासयी काममा तामाङले ६० हजार ऋण लिएका थिए । अनुदान अएपछि दिने शर्तमा  ।

सरकारले भूकम्पबाट क्षति भएका घर पनुर्निर्माणका लागि पहिलो किस्तावापतको ५० हजार रुपैयाँ हात परेपछिका केही प्रतिनिधिमूलक घटना हुन् यी ।