nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 30th April, 2024
वि.स.
1000043965-1707579226.jpg

सडक अवरुद्ध, डुङ्गाबाटै तरकारी ओसार्दै मार्खुका किसान

TAAL-1564201088.jpg

लगातारको पानीले बाढी पहिरो निम्त्याएउँदा ग्रामीण भेगका किसानहरु अत्याधिक मारमा परेका छन् ।

किसानले लगाएका बालीहरु कतै  पुरिए, कतै बगाए भने कतै बारिमै कुहिएको छ । तर मार्खुका किसानले भने उत्पादित तरकारी डुङ्गामा मार्फत ओसारपसार गरिरहेका छन् । इन्द्रसरोवर गाउँपालिकाको वडा नं १ मार्खुको किसानहरुले दैनिक उत्पादन भएका तरकारीहरु डुङ्गामा नै राखेर वारि बाट पारी पुर्याइरहेका छन् । लगातारको पानीले गाउँमा पुगेको सडकहरुमा ठाउँठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भए पछि मार्खुका टौमाथ, भिरखर्क, ठाडोखोला, दाल्सिङ पाखा लगायतका गाउँहरुबाट तरकारी बजार लान नसकिए पछि स्थानियले डुङ्गामा राखेर पारी सम्म पुर्याउने गरेका छन् । गाउँगाउँबाट इन्द्रसरोवर तालको किनार सम्म तरकारी बोकेर ल्याउने र डुङ्गाबाट पारी पुर्याए पछि पारीबाट फेरी बजार सम्म बोकेर पुर्याउने, यो केही दिन देखि चलिरहेको छ । अहिले दैनिक ३र४ गाडी तरकारी डुङ्गाबाट ओसार्ने गरिएको इन्द्रसरोवर गाउँपालिका वडा नं १ का वडाध्यक्ष जमान सिं वाइवाले बताए । 

गाउँका सडकहरुमा रहेको पहिरो पन्छ्याउन नसकिए पछि किसानहरु डुङ्गामै तरकारी ओसार्न बाध्य भए, तर आजै देखि गाउँका सडकहरु खुलाउने कार्य सुरु गर्ने प्रयास भैरहेको उनले बताए ।



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।