nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

पश्चिमी वायुको प्रभाव:चट्टयाङसहित वर्षाको सम्भावना

c-1614151832.jpg

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। देशका प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी भू -भागमा आंशिक बदली रहि अन्य भू -भागहरूमा मौसम सामान्यतया सफा  रहेको छ ।

बुधबार देशका पहाडी भू -भागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रही बाँकी भू -भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका  पहाडी भू -भागका एक–दुई स्थानमा अपरान्हतिर मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

बिहीबार देशका पहाडी भू -भागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका  पहाडी भू -भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

शुक्रबार प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू (भागहरुमा आंशिक देखि सामान्य बदलीको रही बाँकी भू (भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू (भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)