Monday, 15th June, 2026
वि.स.

पर्सा निकुञ्जमा सेनासँगको भिडन्तमा मारिए मकवानपुरका मोक्तान, पक्राउ परे दोङ

Prsa-1585324531.jpg

पर्सा राष्ट्रिय निकुञ्जमा नेपाली सेना र तस्करबीच भिडन्त हुँदा मारिएका व्यक्तिको पहिचान खुलेको छ। मारिने व्यक्ति हेटौंडा उप-महानगरपालिका-१३ पदमपोखरीका ३५ वर्षीय भीमलाल मोक्तान रहेको पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अमिर महर्जनले बताए।

पर्सा वन्यजन्तु राष्ट्रिय निकुञ्ज क्षेत्रमा १४ चैत बिहान ९ बजे तस्करको समूह र सुरक्षाकर्मीबीच भिडन्त भएको थियो । नियमित गस्तीमा रहेको सेनाले बन्दुकको आवाज सुनेर जाँदा तस्कर समूहसँग भिडन्त भएको प्रमुख संरक्षण अधिकृत महर्जनले बताए। सुरक्षाकर्मीले एक जनालाई पक्राउ गरेको छ भने दुई थान बन्दुक सहित केही बन्दोबस्तीका सामान बरामद समेत गरेको छ। 

पक्राउ पर्ने मोहनसिंह दोङ पनि पदमपोखरी मकवानपुरका हुन्। भिडन्तमा नेपाली सेनाका जमदार मिनबहादुर छन्त्याल घाइते भएका छ