nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

पर्सामा थप ७५ जनामा कोरोना संक्रमण पुष्टि

covide-1596959168.jpg

 पर्सामा थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।संक्रमितमध्ये १५ जना महिला छन् । वीरगञ्ज–२ छपकैयाकी २० वर्षीया मृतक महिला पनि संक्रमितको सूचीमा छिन् ।

थपिएका संक्रमित कन्ट्याक्ट ट्रेसिङमा परेका ३० जना, आफैं जाँच गराएका १२ जना, वीरगञ्ज महानगरपालिकाका दमकलका कर्मचारी २ जना, क्वारेन्टिनमा बस्दै आएका ५ जना, जिल्ला प्रहरी कार्यालयका ९ जना प्रहरी, ज्वरो, रुघा, खोकीको लक्षण देखिएका ९ जना, पर्सागढी नगरपालिकाका ३ जना, नारायणी अस्पतालका कर्मचारी ३ जना र सर्लाहीका एकजना रहेका छन् ।

ज्वरोका लक्षण देखिएर कोरोना जाँच गराएका वीरगञ्ज(१० का २४, वीरगञ्ज(२१ का ३२, वीरगञ्ज(४ का २० , वीरगञ्ज(७ का ८६ वर्षीय पुरुष र वीरगञ्ज(३ कि २४ वर्षीया युवती, रुघाखोकी लागेका वीरगञ्ज(१० घडिअर्वाका ४० वर्षीय पुरुष, ज्वरो र खोकीको लक्षण देखिएका पर्साको बहुदरमाई नगरपालिका(७ का २६ वर्षीय पुरुष, भारतीय दूतावासका ३५ वर्षीय कर्मचारी र वीरगञ्ज(१८ का ३३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

आफैं कोरोना जाँच गराएका वीरगञ्ज( २४ का १६ वर्षीय, वीरगञ्ज(१५ का ४२ वर्षीय, बाराको फेटा गाउँपालिकाका २२ वर्षका, वीरगञ्ज(६ महाविर टोलका ४८ वर्षीय, वीरगञ्ज( ७ कुम्हाल टोलका ३६ वर्षीय पुरुष, वीरगञ्ज(८ लिंकरोडका २८ वर्षीय, वीरगञ्ज(१३ राधेमाईका ५५ वर्षीय, वीरगञ्ज(१६ गणेशस्थानका ४४ वर्षीय, वीरगञ्ज(१६ कै वीरगञ्ज(१६ मिथिलानगरका ३८ वर्षीय, बाराको कलैया(६ का ३३ वर्षीय, परवानीपुर गाउँपालिका(३ का ३२ वर्षीय पुरुष र वीरगञ्ज(१५ भिश्वाकी २८ वर्षीया युवतीमा कोरोना देखिएको छ ।

कन्ट्याक्ट ट्रेसिङका क्रममा पर्सा अमरपट्टीका २७ र २५ वर्षीया महिला, १२ वर्षीय बालकमा, वीरगञ्ज(११ श्रीपुरका ३० र १८ वर्षीया महिला, वीरगञ्ज(१२ मुर्लीका २२, ४३ वर्षीय पुरुष र ३० वर्षीया महिला, वीरगञ्ज गणेश टोलका ४२, ४२, २१, २२, ५८ वर्षका पुरुष र २० र ५० वर्षीया महिला, वीरगञ्ज(२१ पटेलनगरका २३ वर्ष, वीरगञ्ज पावरहाउसका १९ वर्ष, वीरगञ्ज चिनीमिल क्वाटरका २८ वर्षका, वीरगञ्ज(३ प्रगतिनगरका ५५ वर्षीय पुरुष, वीरगञ्जकै ५९ वर्षीय, वीरगञ्ज(१० घडिअर्वाका २८ र ४० वर्षीय पुरुष, वीरगञ्ज(१४ पिप्राका ५५ वर्षीय पुरुष र वीरगञ्ज(१२ मुर्लीकी ५५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका ३४, ३२, ३०, ३१, २९, २७, २५, २७ वर्षका पुरुष र १५ वर्षीया किशोरीमा कोरोना संक्रमण देखिएको छ । उनी प्रहरीको परिवारका सदस्य हुन् ।पकाहामैनपुर गाउँपालिकाको क्वारेन्टिनमा बस्दै आएका २० वर्षका दुई पुरुष, नारायणी अस्पतालका कर्मचारी ४४ र ६० वर्षीय पुरुष, ३३ वर्षीया महिलामा, पर्सागढी नगरपालिका(६ का ५०, ४२, ३२ वर्षीय पुरुष र वीरगञ्ज महानगरपालिकाको दमकल शाखाका ५० र ३९ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)