Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

पर्यटन प्रवद्र्धन गर्न भिटोफको टोली कुन्छालमा

ग्रामिण पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) ग्रामिण पर्यटन प्रवद्र्धनको लागि पर्यटन व्यवसायी र पत्रकारहरुको टोलीको नेतृत्व गर्दै मकवानपुरको पर्यटकीय गाउँ कुन्छाल आएको छ । पर्यटन बोर्डसँगको सहकार्यमा ग्रामिण पर्यटन प्रवद्र्धनको लागि क्रियाशील भिटोफको टोली ५ र ६ फागुनका लागि थाहा नगरपालिकाको कुन्छाल आएको हो । अध्ययन अवलोकन भ्रमणको लागि कुन्छालमा अहिले पर्यटन बोर्डका प्रतिनिधि, पर्यटकीय संघसंस्था टानका अध्यक्ष नवराज दाहाल, भिटोफका पूर्व अध्यक्ष शिव लामिछानेलगायत पर्यटन व्यवसायी र पत्रकारहरु सहितको टोली रहेको भिटोफका अध्यक्ष कमल सापकोटाले जानकारी दिए ।

एक रात दुई दिनको अवलोकन भ्रमणले पर्यटक, पर्यटन व्यवसायी र गाउँलाई जोड्ने पुलको रुपमा काम गर्ने सापकोटाले बताए । अन्तर्रा्ष्ट्रिय पर्यटन दिवसको दिन भिटोफ नेपालले पर्यटन बोर्डसँगको सहकार्यमा देशभरीको तीन गाउँलाई नमूना गाउँको रुपमा छनौट गर्दै पर्यटन प्रवद्र्धधन गर्ने निर्णय गरेको थियो । गोपाली समुदायको बसोबास रहेको कुन्छाल गाउँ थाहा अभियानसँग पनि जोडिएको छ ।

प्राकृतिक दृश्यावलोकन, कृषि पर्यटन, स्थानीय खाना र संस्कृतिका लागि उपयुक्त रहेको कुन्छाल गाउँ काठमाडौंबाट तीन घन्टा ड्राइभमा पुग्न सकिन्छ । गोपाली समुदायले तानबाट कपडा बुन्ने प्राचीन परम्परालाई जीवितै राखिरहेका छन् ।
 

हेर्नुहोस् अर्को एक भिडियो

 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०