nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 2nd May, 2024
वि.स.
1000043965-1707579226.jpg

पर्यटक यातायातकाे सचिवमा थाहाका अरुणकाे उमेदवारी

Screenshot_2023-09-04-06-1693789877.jpg

नेपाल पर्यटक यातायात व्यवसायी संघको आसन्न केन्द्रीय कार्यसमिति निर्वाचनमा थाहा नगरपालिकाका अरुण माेक्तानले सचिव पदमा उमेदवारी दिने भएका छन् ।

१९ भदाैमा हुने संघको नेतृत्व निर्वाचनमा माेक्तानले बेदराज बास्तोलाकाे प्यानलबाट सचिव पदमा उमेदवारी दिने भएका हुन् । बास्ताेला समूहले प्यानल तयार पार्ने क्रममा थाहाका माेक्तानलाई सचिव पदमा अघि सारेकाे हाे ।

बास्तोला प्यानलबाट प्रथम उपाध्यक्षमा रमेश गौतम, द्वितीय उपाध्यक्षमा विनोद तामाङ, महासचिवमा केदानाथ कट्टेल, सचिवमा अरुण मोक्तान र कोषाध्यक्षमा रामकुमार बस्नेत प्रतिस्पर्धामा उत्रिने सचिव पदका प्रत्यासी माेक्तानले बताए ।

नमराज अर्याल, राम आचार्य, टेकबहादुर पुन र नकुल तिमल्सिनाले उक्त प्यानलबाट सदस्य पदमा उमेदवारी दिनेछन् ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)