Monday, 15th June, 2026
वि.स.

पर्यटक मृत्यु हुनुमा पर्यटक र होटल दुबैको गल्ती

Panorama-1581347594.jpg

मकवानपुरको दामनस्थित पानोरमा रिसोर्टमा भारतीय पर्यटकको मृत्यु हुनेमा रिसोर्ट र पर्यटक दुबैको कमजोरी रहेको बागमती प्रदेश सरकारले बताएको छ । २७ माघमा सांदसहरुले सोधेको प्रश्नको जवाफ दिँदै आन्तरिक मामिला तथा कानूनमन्त्री शालीकराम जम्कटेलले होटल व्यवस्थापक र पर्यटक दुबैको कमजोरीले गर्दा दुर्घटना भएको बताए ।

माघ १३ गते रिसोर्टमा बस्न आएका ८ जना भारतीय पर्यटकको मृत्यु भएको थियो । राति बालबालिकालाई धेरै चिसो हुन्छ भन्दै होटल व्यवस्थापनको असहमतिबिनै पर्यटकले ग्यास हिटर कोठामा लगी प्रयोग गर्नु पर्यटकको कमजोरी देखिएको बताए । यस्तै सधै चिसो मौसम हुने दामनमा रहेको रिसोर्टले रुम हिटरको व्यवस्थापन नगर्नु रिसोर्टको कमजोरी देखिएको जम्मकट्टेलले प्रदेशसभामा बताए ।

सरकारले भिजिट २०२० मनाउन सुरुवात गरेकै समयमा भएको घटनापछि पर्यटन अभियानमा क्षति पुगेको उनको भनाइ छ । भारतीय पर्यटकका लागि मकवानपुरको दामन स्थापित ठाउँ भएको बताउँदै घटनापछि भारतबाट आउने पर्यटकको संख्यामा कमी आएको पनि मन्त्री जम्मकट्टेलले जानकारी गराए ।

प्रदेशसभामा उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री अरुण नेपालले प्रदेशभित्र दशवटा गन्तव्यको पहिचान गरी पूर्वाधार निर्माण र प्रचारप्रसारमा सरकार लागेको बताए । आन्तरिक तथा बाह्य पर्यटकका लागि पर्याप्त पर्यटकीय गन्तव्य नहुँदा नेपाल घुम्न आउने पर्यटकलाई धेरै दिन रोक्न नसकिएको भन्दै उनले प्रदेशका १३ जिल्लामा दशवटा हिलस्टेशन छनौट गरी निर्माण थालिएको जानकारी दिए ।

उनले पूर्वाधार निर्माणका लागि सरकारले एक अर्ब ६५ करोड बिनियोजन गर्दै पूर्वाधार विकासलाई अघि बढाएको बताए । दश हिल स्टेशनमध्ये सातवटा यसै आर्थिक बर्षमा सुरु गर्ने र तीनवटा हिलस्टेशन अध्धयनको चरणमा रहेको भन्दै बागमती प्रदेशलाई पर्यटकीय गन्तव्य बनाउने अभियानमा सरकार रहेको जानकारी दिए ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०