Friday, 19th June, 2026
वि.स.

पर्यटकको प्रतिक्षामा इन्द्रसरोवर ताल

Inddd-1600917733-1604221458.jpg

कोरोना भाईरसको समस्या समाधान भएपछि पर्यटक आउने आशामा मकवानपुरका धेरै पर्यटक स्थलका व्यसायीहरु प्रतिक्षा गरिरहेका छन् ।

कोरोना भाईरसको कारण ६ महिनासम्म बन्द रहेको पर्यटक स्थलहरु हाल केहि चहलपल बढ्न थालेको छ । तर, संक्रमणको जोखिम दिनप्रतिदिन बढ्दा अन्य व्यवसायमा घाटा पुगेको त छ नै, मकवानपुरको विभिन्न क्षेत्रका पर्यटक स्थलहरुमा समेत नराम्रो असर परेको छ । कोरोना भाईरसबाट जोगिन् मकवानपुरको ईन्द्रसरोवर गाँउपालिकाका स्थानिय बासिन्दाले ६ महिनादेखि माछा बिक्री गरेनन् ।

मत्स्य पालन होटल व्यवासाय र डुङगा सञ्चालनबाट हुने आम्दानीले दैनिक गुजारा गर्दै आएकाहरुलाई यस वर्षको चाडपर्व मनाउन आर्थिक समस्या थपिँदै आएको छ । काठमाण्डौंबाट ४६ किलोमिटरको दुरीमा पर्ने कुलेखानि जलविधुत आयोजनाको ईन्द्रसरोवर मानव निर्मित नेपालकै पहिलो ताल हो । प्राधिकरणले विधुत उत्पदान गर्ने यहि तालमा ईन्द्रसरोवर गाँउपालिकाका किसानले सामुहिक रुपमा माछा पालेर आम्दानी गरिरहेका थिए । माछाका पारखीहरुका लागि रोजाईको गन्तव्य रहेको मार्खुको ईन्द्रसरोवरमा जलविहारको लागि समेत पर्यटकहरुको घुँईचो लाग्ने गर्दथ्यो । भाद्रदेखि मंसिरसम्म भरिभराउ रहने यो तालमा यसपाली कोरोनाले गर्दा जलविहार रोकियो ।

डुङगा व्यवसायी कृष्ण मोतmानका अनुसार, आफु व्यवसायीलाई यो अवधिभर धेरैनै मार परेको गुनासो गरे । लकडाउन अवधिभर व्यवसायमा ३० देखि ४० लाखसम्म घाटा लागेको मोतmानको अनु्मान छ । दशैंको समयमा धेरै पर्यटकहरु आउथे तर, यो पाली भने २५ प्रतिशतपनि नआएको उनले बताए ।

कोरोना भाईरसका कारण पर्यटक नआँउदा यहाँका किसानले उत्पादन गरेका माछा ६ महिनादेखि बिक्री भएका छैनन् । काठमाण्डौंबाट माछा लिन व्यवसायीहरु आँउदा भाईरसको संक्रमण फैलने डरले यहाँका किसानले माछा बिक्री समेत गरेनन् । भिरालो जमिनमा खेतिपाती लगाँउदा, ताल छेउको जमिनमा होटल व्यवसायी सञ्चालन गरेर जिविकोपार्जन गरेका होटल व्यवसायीलाई चाडवाडको बेला आर्थिक अभाव खड्किएको छ ।

होटल व्यवसायी, कृष्णबहादुर श्रेष्ठ बताँउछन्, लकडाउन अवधिभर होटलको काम ठप्प हुँदा आम्दानी हुने बाटो बन्द भएको गुनासो गरे । दशैं जसोतसो मानियो, तर आफुले ईच्छाएको अनुसार दशैं मनाउन नसकेको श्रेष्ठले बताए । आम्दानीको स्रोत होटलमात्रै रहेको कारणले पनि आफु यो समयमा मर्कामा परेको दुखासो गरे । ईन्द्रसरोवर छेउछाउका ३२ घरपरिवार होटल व्यवसायीमै निर्भर रहेका छन् । यहाँका साँढे तीनसय घरपरिवार डुङगा व्यवसायीसंग जोडिएको छन् । जनपत्रबाट



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०