nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

परेवा भीरमा बन्न थाल्यो सडक

parewavir-1613624859.jpg

 मकवानपुरको राक्सिराङ गाउँपालिका–४ स्थित परेवाभीरको सडक निर्माण कार्यले तिब्रता पाएको छ । वर्सेनि पैदल हिँड्ने बाटो समेत नहुँदा धेरै मानिस भीरबाट लडेर र खोलाले बगाएर मर्ने गरेको सो भिरमा सडक निर्माण कार्य धमाधम भइरहेको छ ।

मनहरी बजारबाट धादिङ जिल्लाको मलेखु जोड्ने छोटो बाटोमा पर्ने परेवाभीरको यही पिरलोलाई हल गर्न स्थानीय सरकारले गरेको प्रयास सफलता उन्मुख हुँदै गएको छ । पाएको परेवाभीरको सो सडक निर्माणका लागि बागमती प्रदेश सरकारले परेवाभीर खण्डमा बजेट खर्च नगर्ने जनाएपछि राक्सिराङ गाउँपालिकाले चालू आर्थिक बर्षमा दुई करोड रुपियाँ बिनियोजन गरी बहुबर्षीय ठेक्का लगाएर काम सुरु गरेको हो ।

धमाधम बलियो जगसहितको निर्माणाधीन सो सडक निर्माणका लागि मकवानपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य सदस्य विरोध खतिवडाको पहलमा प्राप्त दुई करोड समेत बजेट विनियोजन भयो ।

स्थानीय सरकारको कामलाई समेत प्रोत्साहन गर्नेगरी तत्कालीन प्रतिनिधिसभा सदस्य खतिवडाले मन्त्रीस्तरीय निर्णयबाट २०७७ भदौ ९ गते सशर्त अनुदानमा अर्थ मन्त्रालयमार्फत दुई करोड रुपियाँ सो सडकका लागि व्यवस्था गरेका थिए ।

राक्सिराङको २ करोड र संघिय सरकारको २ करोडको लगानीमा ठेक्का प्रक्रियामार्फत धमाधम निर्माणको काम भइरहेको राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल बताउछन् ।

मनहरी खोलाको किनारमा जग बनाएर रडसहितको बलियो कंक्रिट पर्खाल निर्माण गरी परेवाभीरको किनारै किनारै बाटो निर्माणले गति लिएको अध्यक्ष मल्लको भनाइ छ । सम्भव भएसम्म बर्षायाममा यातायात चलाउनेगरी काम काम भइरहेको उनले बताए ।

निर्माणकर्ता ठेकेदार कम्पनीसँग १८ महिनामा सडक हस्तान्तरण गर्नेगरी सम्झौता भएको छ ।

राक्सिराङ गाउँपालिकाले परेवाभीर खण्डमा सडक निर्माणका लागि छ करोड ६१ लाख ६९ हजार लागत लाग्ने गरी डिपिआर निर्माण गरी ठेक्का प्रक्रिया अघि बढाएको थियो । तर उक्त खण्डमा सडक निर्माण गर्न चार करोड ३२ लाख रुपियाँ लागतमा ठेकेदार कम्पनी लामा बानियाँ जेभीले ठेक्का सकार गरी काम अघि बढाएको गाउँपालिकाले जनाएको छ ।

सम्झौता अनुसार परेवाभीर खण्ड ६ सय ३० मिटर लम्बाई खण्डमा बलियो कंक्रिट पर्खाल उठाएर सडक निर्माण गर्नुपर्ने छ ।

पूर्वपश्चिम राजमार्गको मनहरी बजारबाट धादिङको मलेखु जोड्नका लागि मनहरी–चैनपुर–बोटबारी–परेवाभीर हुँदै ५२ किलोमिटर मात्रै दुरी पर्दछ । अधिकाँश स्थानमा ट्रयाक खुलिसके पनि परेवाभीरको अबरोधका कारण यो खण्ड सञ्चालनमा आउन सकेको छैन ।

गोरखापत्रबाट



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)