nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 28th April, 2024
वि.स.
1000043965-1707579226.jpg

परियोजनाको छलफल तथा अनुगमन 

मानव बेचबिखन रोकथाम तथा सुरक्षित स्थानान्तरण प्रवद्र्धन परियोजना अन्तरगत जनप्रतिनिधि र लाभग्राहीसँग छलफल तथा अनुगमन गरिएको छ । 

नारी सीप सृजना केन्द्र नेपालको आयोजना तथा आओ इन्टरनेश्नलको सहयोगमा सञ्चालित परियोजना अन्तरगत हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिकामा छलफल तथा अनुगमन गरिएको हो । मनहरी गाउँपालिकाका उपाध्यक्ष मनिला बिष्ट र हेटौंडा १६ का वडा अध्यक्ष रामकृष्ण कोईराला तथा हेटौंडा १६, जरुन र मनहरी ३ कौगेडी दमारका लाभग्राही तरकारी खेती तथा कुखुरापालक कृषकहरुसँग छलफल गरेको थियो ।

अनुगमन टोलीमा नारीसिप सृजना केन्द्रका अध्यक्ष सरस्वती वर्तौला, उपाध्यक्ष सीता अधिकारी, सचिव कल्पना बिश्वकर्मा, कोषाध्यक्ष रेणु गुरुङ, कार्यकारी निर्देशक चिरञ्जीवि पौडेल, फिल्ड संयोजक कविता बिडारी र पत्रकारहरुको सहभागिता रहेको थियो । सन् २०१९ जनवरीदेखी डिसेम्बरसम्म सञ्चालन हुने परियोजना हेटौंडा उपमहानगरपालिकाको १८ बाहेक १४ देखी १९ र मनहरी गाउँपालिकाको वडा नम्बर १ देखी ५ सम्मगरी १० वटा वडामा सञ्चालित छ ।

परियोजना अन्तरगत तरकारी खेती, कुखुरा तथा पशुपालन, विउविजन वितरण, मानव वेचबिखनसम्बन्धी सडक नाटक, शिक्षक अभिमुखीकरण तालिम, मनोसामाजिक परामर्श लगायतका क्रियाकलाप सञ्चालन भईरहेको कार्यकारी निर्देशक चिरञ्जीवि पौडेलले बताए । उनका अनुसार २१ कृषकलाई कुखुरा र ९० कृषकलाई तरकारी खेतीका लागि सहयोग गरिएको छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)