Wednesday, 17th June, 2026
वि.स.

पबजीसहित थप ११८ एपमाथि भारतले प्रतिबन्ध लगायाे

PUBG-1599056164.jpg

भारतले चीनमा विकसित एक सय १८ माेबाइल एप्सलाई प्रतिबन्ध लगाएकाे छ, यसमा पबजी पनि सामेल छ । इलेक्ट्राेनिक्स र इन्फर्मेशन टेक्नाेलजी मन्त्रालयलकाे तर्फबाट जारी गरिएकाे बयानमा ती एप्सले भारतकाे सम्प्रभुता र अखण्डता, देशकाे रक्षा र लाेक व्यवस्थाविरुद्धकाे गतिविधिमा लिप्त भएकाे बताइएकाे छ । 

मन्त्रालयकाे बयानमा भनिएकाे छ, 'याे कदमबाट भारतका कराेडाैँ माेबाइल र इन्टरनेट प्रयाेगकर्ताकाे हितकाे रक्षा हुनेछ । याे निर्णय भारतकाे साइबर स्पेसकाे सुरक्षा र सम्प्रभुताकाे सुनिश्चित गर्ने मनसायबाट लिइएकाे हाे ।'  बयानका अनुसार भारत सरकारलाई यी एपका बारेमा विभिन्न गुनासा आइरहेका थिए, तीमध्ये केही रिपाेर्टमा एन्ड्राेइड र आईओएसमा उपलब्ध केही माेबाइल एप्सबाट प्रयाेगकर्ताकाे डाटा अनाधिकृत रुपमा चाेरी गरेर भारतबाहिर रहेकाे सर्भरमा पठाइरहेकाे बताइएकाे थियाे । 

लद्दाखमा वास्तविक नियन्त्रण रेखा (एलएसी) मा दुई देशकाे तनाव बढेकाे खबर आएलगत्तै भारतले चीनकाे थप एक सय १८ एप्स प्रतिबन्ध गर्ने निर्णय गरेकाे हाे ।  भारत सरकारले यसअघि जुन महिनामा पनि चीनसँग जाेडिएका ५९ एप्समा प्रतिबन्ध लगाएकाे थियाे, त्यसमा टिकटक पनि सामेल थियाे । 

पछिल्लाे पटक ५९ चिनियाँ एप्स प्रतिबन्ध गर्ने निर्णय गलवान उपत्यकामा १५ जुलाईमा भारत–चीन सैनिकबीच भएकाे हिंसक झडपकाे केही दिनपछि लिइएकाे थियाे । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०