Wednesday, 26th August, 2026
वि.स.

पत्रकार विष्ट र मुर्तिकार भुजेललार्इ प्रवल जनसेवा श्री

Janaswea-1537439889.jpg

मकवानपुरका अग्रज पत्रकार प्रताप विष्ट प्रवल जनसेवा श्री चतुर्थ श्रेणीबाट विभूषित हुनुहुने भएको छ । चौथो संविधान दिवसको अवसरमा बुधबार गृहमन्त्रालयले सार्वजनिक गरेको विभूषण तथा पदक सम्बन्धी सूचनाअनुसार मकवानपुरका अग्रज पत्रकार विष्टलाई सम्मान गरिने जनाएको छ ।

यसअघि विष्टले जनश्री सेवा पदक पाँचौंबाट २०७१ सालमा विभूषित भइसक्नुभएको छ । संविधान दिवसको अवसरमा घोषणा गरिएको पदक गणतन्त्र दिवसको अवसरमा २०७६ जेठ १५ मा राष्ट्रपति विद्यादेवी भण्डारीले वितरण गर्नुहुनेछ ।

४ दशकभन्दा लामो अवधिदेखि पत्रकारितामा क्रियाशील विष्टले लोपोन्मुख समुदाय र समाजका पछाडि पारिएका समुदायको पक्षमा कलम चलाउँदै आउनुभएको छ । त्यस्तै मकवानपुरका मुर्तिकार लक्षमण बहादुर घर्ती (भुजेल) जनसेवा श्री पञ्चम श्रेणीबाट सम्मानीत हुनुहुने भएको छ ।   



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif