Friday, 19th June, 2026
वि.स.

पत्रकार महासंघ मकवानपुरको ‘जेष्ठ पत्रकार पेन्सन’ कार्यक्रमका लागि दश लाख सहयाेग

sahayog-1606471941.jpg

नेपाल पत्रकार महासंघ मकवानपुरले सञ्चालन गर्न लागेको जेष्ठ पत्रकार पेन्सन कार्यक्रमका लागि शुक्रबार हेटौंडा उपमहानगरपालिकाकाले दश लाख रुपैयाँ हस्तान्तरण गरेको छ । उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले पत्रकार महासंघ मकवानपुर साखाका अध्यक्ष हरि हुमागाँईलाई दश लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन ।

जेष्ठ पत्रकारका लागि मासिक रुपमा पेन्सन दिनका लागि महासंघले सहयोग गर्न आग्रह गरे अनुसार दश लाख रुपैयाँ शुक्रबार हस्तान्तरण गरिएको हो । मकवानपुरका पत्रकारको पेन्सन कार्यक्रमका लागि यो पहिलो सहयाेग भए पनि यसलाई फेरी थप गरिने मेयर महतले वताए । जोखिम मोलेर कुनैपनि बेलामा समाचार संकलन गर्ने पत्रकारका लागि उपमहानगरपालिका सहयोगि वन्नका लागि तयार रहेको उनले वताए । पत्रकारलाई परेका कुनैपनि समस्या समाधान गर्नका लागि स्थानीय सरकार हातेमालो गरेर अगाडी वढ्ने उनले वताए ।

बषौं सम्म पत्रकारिता गरेर अवकास लिएका पत्रकारका लागि पेन्सनको व्यावस्था गर्नका लागि महासंघले कार्यविधि बनाएर कार्यसमितिको बैठकमा छलफल चलाएको छ । कार्यविधिलाई महासंघको साधारणसभाबाट पास गर्ने तयारी पनि गरिएको छ । पत्रकारले जिवनभर उमेर छउन्जेल काम गर्ने, आम नागरिकलाइ परेका हरेक समस्या उजागर गर्दै आएपनि पत्रकारले बुढेसकालमा दैनिक छाक टार्न पनि, परिवार चलाउन समस्या हुने, त्यतीबेला परिवारले पनि तिरस्कार गर्ने जस्ता समस्या हुने भएकाले जेष्ठ पत्रकारलाई पेन्सनको कार्यक्रम ल्याउन लागिएको अध्यक्ष हुमागाईले वताए ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०