nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 5th May, 2024
वि.स.
1000043965-1707579226.jpg

पत्रकार महासंघ प्रदेशका जिल्ला अध्यक्षको भेला 

नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३ का जिल्ला अध्यक्षको भेला शुक्रबार हेटौंडामा भएको छ । भेलाले महासंघलाई प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत् नेतृत्व चयन गर्नेगरी विधान संशोधन गर्न पहल गर्ने निर्णय गरेको छ ।

प्रदेशका अध्यक्ष प्रताप बिष्टको अध्यक्षतामा भएको भेलाले फागुन ९ र १० गते पोखरामा हुने महासंघको साधारण सभाबाट प्रत्यक्ष निर्वाचन प्रणालीलाई विधानमा समावेश गराउन पहल गर्ने निर्णय गरेको हो । त्यस्तै भेलाले प्रदेश अन्तरगतका जिल्ला शाखामा आवद्ध सदस्यहरुको एक महिनाभित्र सदस्यता नविकरण गर्ने निर्णय पनि गरेको छ ।

भेलाले सञ्चारमाध्यमलाई सेवा उद्योगको मान्यता दिई रेडियोको रोयल्टी छुट दिई समानुपातिक बिज्ञापन लागु गराउन तथा स्थानीय र प्रदेशस्तरका विज्ञापन स्थानीय सञ्चारमाध्यमलाई उपलब्ध गराउन माग गर्ने निर्णय गरेको प्रदेशका महासचिव कृष्ण सारु मगरले बताए । उनका अनुसार स्थानीय स्तरबाटै सञ्चालित सञ्चारमाध्यमहरुको दर्ता, नविकरण, नियम, बर्गिकरण र लोक कल्याणकारी बिज्ञापनको भुक्तानी हुने व्यवस्था मिलाउन सरकारसँग माग गर्ने पनि निर्णय गरिएको छ ।

साथै भेलाले प्रदेश र स्थानीय तहमा कानून र सञ्चार सम्बन्धी संरचना निर्माण गर्दा पत्रकार महासंघ प्रदेश र जिल्ला शाखाहरुसँग छलफल गरी सहमतीमा निर्माण गर्न आग्रह समेत गरेको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य, केन्द्रीय सदस्यहरु, प्रदेश कार्यसमिति, जिल्ला अध्यक्षहरुले मन्तव्य व्यक्त गरेका थिए ।

यसैबिच, श्रमजिवी ऐन र न्यूनतम पारिश्रमिक पुनरावलोकन कार्यान्वयनको अवस्था र चुनौती बिषयक प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम हेटौंडामा सम्पन्न भएको छ । कार्यक्रम न्यूनतम पारिश्रमिक निर्धारण समितिले नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३ सँग समन्वय गरी आयोजना गरेको हो । कार्यक्रममा न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुली, नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य, ३ नम्बर प्रदेशका अध्यक्ष प्रताप बिष्ट, ब्रोडकाष्टिङ एशोसिएसन अफ नेपाल(बान)का उपाध्यक्ष उज्वल चौलागाई लगायतले मन्तव्य व्यक्त गरेका थिए ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)