Tuesday, 16th June, 2026
वि.स.

पत्रकार बलराम बानियाँको लास फेला !

balaram-baniya-1597220385.jpg

जुत्ता किनारमा छाडेर सोमबार काठमाडौंको बल्खु खोलामा हाम्फालेका पत्रकार बलराम बानियाँको शव हेटौंडामा फेला परेको छ ।दुई दशकभन्दा लामो समयदेखि कान्तिपुर दैनिकसँग सम्बद्ध पत्रकार बानियाँ राजनीति र सुशासनमा कलम चलाउने कुशल पत्रकार मानिन्छन् । उनी तनहुँका बासिन्दा हुन् ।

असार १० गते कान्तिपुरको पहिलो पृष्ठमा चीनले नेपालको भूभाग ओगटेको समाचार उनको बाइलाइनमा प्रकाशित भएपछि सम्पादकीय समूहले सार्वजनिक क्षमायाचना गरेको थियो । त्यसयता बलराम कान्तिपुरमा कम भूमिकामा रहँदै आएका थिए । अस्ति मात्र सम्पादक सुधीर शर्मासङ्ग यौटा लेखबारे उनको फोनमा कुरा भएको तर आज यस्तो दुखद खबर सुन्नुपरेको कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले बताए ।

मदिरा सेवन गरेको अवस्थामा खोलामा हाम्फालेका उनलाई बचाउनका निम्ति प्रत्यक्षदर्शीले डोरी र बाँससमेत दिएका थिए । तर, उनले ती दुबै चिजको प्रयोग गरेनन् वा गर्न सकेनन् ।
प्रहरीको महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाका अनुसार बुधबार विहान हेटौंडाको खोलामा उनको शव भेटेपछि अहिले पोष्टमार्टमका लागि जिल्ला अस्पताल हेटौंडामा पुर्याइएको छ ।जनआस्थाबाट साभार



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०