Monday, 26th October, 2026
वि.स.
pustakalay-1792211853.jpg

पत्रकारलाई हातपात गर्ने २ जना पक्राउ

PP-1589216376.jpg

बारामा गएराति पत्रकार पवन यादवलाई हातपात तथा दुर्‍व्यहार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका–३ भवानीपुर टोल बस्ने मदिस मियाको छोरा वर्ष २३ को छोटु भन्ने ईरफान मन्सुर र वडा नं १ बस्ने प्रेमचन्द्र साह सोनारको छोरा वर्ष २५ को नारायण सरार्फ रहेका छन्।

कलैया उपमहानगरपालिका–२ स्थित कलैया–पिलुवा सडक खण्ड अन्तर्गत महाबिर मन्दिर अगाडि सडकमा मोटरसाइकल चढी घरतर्फ गई रहेका तराई मधेश राष्ट्रिय दैनिक पत्रिकाका प्रकाशक यादवलाई उनीहरुले हातपात तथा दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालय बाराबाट पहिलो पटक दिन १० को म्याद अनुमति लिई थप अनुसन्धान कार्य भई रहेको जनाइएको छ।



Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg