Saturday, 20th June, 2026
वि.स.

पछिल्लो २४ घण्टामा थप ३ सय ३९ जनामा कोरोना संक्रमण

corona-virous-1611572079.jpg

नेपालमा थप ३३९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल ३३९ जना संक्रमित थपिएको जानकारी दिएको छ ।

अहिलेसम्म कुल २ लाख ६९ हजार ७८९ संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ३ हजार २४० रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४०१ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म २ लाख ६४ हजार ५३८ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९८ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ८५८ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर २० लाख ४८ हजार ११३ पुगेको छ ।

त्यस्तै क्वारेन्टाइनमा १३२ जना रहेका छन् । त्यस्तै आइसोलेसनमा ३ हजार २४० जना रहेका छन् ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २०११ पुगेको छ । नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत ०.७४ रहेको मन्त्रालयले जानकारी दिएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०