nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 23rd April, 2024
वि.स.
1000043965-1707579226.jpg

न्यौपानेलाई स्वागत तथा सम्मान

नेपाल उद्योग वाणिज्य महासंघका महाधिवेशनबाट केन्द्रीय सदस्य हुनुभएका मकवानपुर उद्योग वाणिज्य महासंघका अध्यक्ष राजकुमार न्यौपानेलाई स्वागत तथा सम्मान गरिएको छ । मकवानपुर उद्योग वाण्ज्यि संघको तर्फबाट १८ वर्ष पछि केन्द्रीय समितिमा प्रतिनिधित्व भएको छ । 

३१ चैत्रमा भएको कार्यक्रममा मउवासंघको सम्मान तथा स्वागत कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य न्यौपानेले मकवानपुरको मात्र नभई देशभरी कै साना तथा ठुला उद्योगहरुको समस्या समाधान गर्न भुमिका खेल्ने बताउनुभएको थियो । 

मकवानपुर उद्योग वाण्ज्यि संघका वरिष्ठ उपाध्यक्ष कृष्ण कटुवालको सभाध्यक्षतामा भएको कार्यक्रममा उद्योग वाणिज्य संघका पदाधिकारीहरु, पुर्व अध्यक्षहरु तथा सल्लाहकारहरुले मन्तव्य तथा स्वागत सम्मान गर्नुभएको थियो ।