Wednesday, 17th June, 2026
वि.स.

नोट र मोबाइल स्क्रीनमा २८ दिनसम्म कोरोना रहनसक्ने : अध्ययन

12corona-1602485057.jpg

कोरोना भाइरस नोट, मोबाइल फोनको स्क्रीन तथा स्टीनलेस स्टीलमा २८ दिनसम्म सङ्क्रामक अवस्थामा रहने एक अध्ययनले देखाएको छ ।

अस्ट्रेलियाको नेशनल साइन्स एजेन्सीका वैज्ञानिकले गरेको अनुसन्धानमा कोरोना भाइरस सोचिएभन्दा अति लामो समयसम्म जीवित रहन सक्ने देखिएको बीबीसीले जनाएको छ । यो अनुसन्धान २० डिग्री सेल्सियस तापक्रम र अँध्यारोमा गरिएको हो । यूभी लाइट अर्थात अल्ट्राभ्वाइलेट किरणले भाइरसलाई मार्ने यसअघि नै पुष्टि भएको छ ।

केही विज्ञहरु भने स्टील, स्क्रीन वा अरु कुनै पनि माध्यममा रहेका भाइरसबाट सङ्क्रमण फैलिने जोखिमलाई लिएर दुविधामा छन् । कोरोना भाइरस मुख्यतया सङ्क्रमित व्यक्तिले खोक्दा, हाच्छ्यूँ गर्दा वा बोल्दा ओसिला कणहरुबाट सर्ने गर्छ । यस्तै हावामा रहेका कणहरुका माध्यमबाट पनि भाइरसको सङ्क्रमण भएको प्रमाण छ ।

यसअघि प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना भाइरस नोट र सिसामा दुईदेखि तीन दिन तथा प्लास्टिक तथा स्टीनलेस स्टीलमा ६ दिनसम्म जीवित रहन सक्ने देखिएको थियो ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०