Monday, 15th June, 2026
वि.स.

नेपाल शिक्षक महासंघ थाहानगर कमिटिले पूर्णता पायो

नेपाल शिक्षक महासंघ थाहानगर कमिटिको पूर्णता घोषणा तथा सपथ ग्रहण कार्यक्रम  भएको छ । थाहा नगरपालिकाको विकास घरमा एक समारोहकाबीच कार्यक्रम भएको हो ।

थाहा नगरपालिकाका नगर प्रमुख लवशेर विष्टको प्रमुख आतिथ्यमा भएको समारोहको विशेष अतिथि नेपाल शिक्षक महासंघका केन्द्रिय सदस्य सनोभाइ कार्की रहेका थिए । नेपाल शिक्षक महासंघ थाहानगर कमिटिका अध्यक्ष राजाराम कार्कीको सभाध्यक्षतमा भएको कार्यक्रममा नेपाल शिक्षक महासंघ मकवानपुरका अध्यक्ष जिधराज ढकाल, सह अध्यक्ष खेमराज लामिछाने, सचिव राजु गौतम, नेपाल शिक्षक संघ मकवानपुरका जिल्ला अध्यक्ष रामकुमार अधिकारी, अखिल नेपाल शिक्षक संघ मकवानपुरका अध्यक्ष कृष्ण बहाखुर विष्ट, थाहा नगरपालिकाका शिक्षा शाखा प्रमुख शोभाकर रेग्मी लगायतकाको आतिथ्यता रहेको थियो ।  

कार्यक्रम नेपाल शिक्षक महासंघ थाहानगर कमिटिका सचिव गणेशमान श्रेष्ठले संचालन गरेका थिए । कार्यक्रमका अतिथीहरुलाई नेपाल शिक्षक महासंघ थाहानगर कमिटिका सह अध्यक्ष महेन्द्र प्रधानले स्वागत गरेका थिए । नेपाल शिक्षक महासंघ थाहानगर कमिटिका पदाअधिकारीहरुलाई केन्द्रिय सदस्य सानोभाई कार्कीले सपथ ग्रहण गराएका थिए । 

यसैबीच नेपाल शिक्षक महासंघ थाहानगर कमिटिको पहिलो पूर्ण बैठकले राजनीतिक र व्यक्तिगत पूर्वाग्रह नराखी शिक्षक पदस्थापना गर्नका लागि थाहा नगरपालिका शिक्षा शाखालाई ध्यानाकर्षण गराउने निर्णय गरेको सचिव गणेशमान श्रेष्ठले जानकारी दिए । अहिले शिक्षा सेवा आयोगबाट प्राथमिक तहको परीक्षा पास गरी थाहा नगरपालिकामा हाजिर हुन आइरहेका शिक्षकहरुलाई आयोगको ‘नम्स’ अनुसार नै पदस्थापना गर्नका लागि शिक्षा शाखाको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । त्यस्तै पहलिो बैठकले नौ सदस्यीय सचिवालय पनि गठन गरेको छ । 

को को छन् समितिमा ?
अध्यक्ष : राजाराम कार्की
सह अध्यक्षः महेन्द्र प्रधान
उपाध्यक्ष : हरिशरण रायमाझी
महिला उपाध्यक्ष : लक्ष्मी अधिकारी
सचिव : गणेशमान श्रेष्ठ
सह सचिव : राजकुमार कार्की
महिला सह सचिव :कमला पौडेल
अर्थ सचिव : राजेन्द्र विष्ट
सदस्य : श्यामलाल बलामी
सदस्य : बिष्णु वाईवा
सदस्य : कमल थापा मगर
म सदस्य : विष्णुमाया रिजाल
सदस्य : मधु शर्मा
म सदस्य : तुलसा पौडेल
सदस्य : किशोर गोपाली
सदस्य : जंग बहादुर लामा
म सदस्य : लक्ष्मी कार्की
सदस्य : संगम कार्की
म सदस्य : छमकला बस्नेत
पदेन सदस्य : रमेशमान डंगोल
पदेन सदस्य : विनोद सुवेदी
पदेन सदस्य : मनोज रायमाझी
पदेन सदस्य : सुजिन्द्र गोले

यि हुन् सचिवालय सदस्यः
संयोजक : राजाराम कार्की
सचिव  : गणेशमान श्रेष्ठ
सदस्य : महेन्द्र प्रधान
सदस्य : हरिशरण रायमाझी
सदस्य : लक्ष्मी अधिकारी
सदस्य : कमला पौडेल
सदस्य : राज कुमार कार्की
सदस्य : राजेन्द्र विष्ट
सदस्य : मनोज रायमाझी



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०