nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 2nd May, 2024
वि.स.
1000043965-1707579226.jpg

नेपाल शिक्षक महासंघ थाहा नगरपालिकाको अध्यक्षमा–कार्की

नेपाल शिक्षक महासंघ थाहा नगरपालिकाको अध्यक्षमा राजाराम कार्की चयन भएका छन् । 

नेपाल शिक्षक महासंघ स्थानीय तह गठन प्रक्रिया अन्तर्गत कार्कीलाई अध्यक्षमा चयन गरिएको हो । अध्यक्ष कार्कीसहित तीन पदाअधिकारीको नामावली घोषणा भएको छ । हेटौंडा क्याम्पसमा भएको घोषणा तथा शपथ ग्रहण कार्यक्रम नेपाल शिक्षक महासंघको केन्द्रीय सदस्य छोटुलाल शाहको प्रमुख आतिथ्यमा भएको घोषणा कार्यक्रममा सहअध्यक्ष महेन्द्र प्रधान,  उपाध्यक्ष हरिशरण रायमाझी र सचिव गणेशमान श्रेष्ठ घोषित भएका हुन् । 

हेटौंडामा भएको सपथ ग्रहण कार्यक्रम, साथमा थाहानगर अध्यक्ष राजाराम कार्की ।

कार्यक्रम नेपाल शिक्षक महासंघ मकवानपुरका अध्यक्ष जिधराज ढकालको सभाध्यक्षतामा भएको हो । 

आफू अध्यक्षमा निर्वाचित भएपछि कार्कीले सम्पुर्ण शिक्षक, पार्टीको जिल्ला तथा नगर नेतृत्वलगायत सम्पूर्णमा आभार व्यक्त गरेका छन् । उनले आगामि दिनमा साथ र सहयोगको अपेक्षा समेत गरेका छन् । महासंघ थाहानगरले यहि भाद्र महिनाभित्रमा पूर्णता पाउने बताइएको छ । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)