nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

नेपाल वन सेवाको अधिकृतमा ६५ जनाको पदपूर्ति, मकवानपुरबाट सबैभन्दा बढी ९ जना शिफारिस

नेपाल वन सेवाको अधिकृत स्तरमा जनरल फरेष्ट्री समूहमा ५०, फरेष्ट रिसर्च समूहमा १, स्वायल एण्ड वाटर कन्जरभेशन समूहमा ७, नेशनल पार्कस् एण्ड वाइल्ड लाइफ समूहमा ५ र वोटनी समूहमा ३ जना उम्मेदवारहरु सिफारिश भएका छन् ।

कुल माग पद ६६ मध्ये ६५ जना को पदपूर्ति भएको छ । वोटनी समूहमा मधेशीतर्फ १ पदमा पदपूर्ति हुन नसकेको लोकसेवा आयोगले जनाएको छ ।

नेपाल वन सेवाका अधिकृतस्तरका पदहरुमा प्रदेश १ बाट २ जना, प्रदेश २ बाट ६ जना, प्रदेश ३ बाट १७ जना, प्रदेश ४ बाट १७ जना, प्रदेश ५ बाट १५ जना, प्रदेश ६ बाट २ जना र प्रदेश ७ बाट ६ जना सिफारिश भएका छन् ।

जिल्लागत रुपमा सबैभन्दा बढि मकवानपुर जिल्लाबाट ९ जना सिफारिश भएका छन् । कास्की ६, कञ्चनपुर ४, चितवन र रुपन्देहीबाट ३\३ जना, पर्वत, बाग्लुङ, मोरङ, अर्घाखाँची, गुल्मी, तनहुँ, बर्दिया र बाँके २\२ जना, काभ्रे, काठमाडौं, महोत्तरी, सप्तरी, सिराहा, सुर्खेत, कपिलवस्तु, कैलाली, गोरखा, जुम्ला, दाङ, दार्चुला, धनुषा, धादिङ, बारा, भक्तपुर, रसुवा, रोल्पा, रौतहट र पाल्पाका १\१ जना सिफारिश भएका छन् । जम्मा ३४ जिल्लाबाट उम्मेदवारहरु सिफारिश भएको लोकसेवा आयोगले जनाएको छ ।

लोक सेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी (प्रा.), नेपाल वन सेवा तर्फ विभिन्न ५ वटा समूहमा ६६ जनाको लागि खुला तथा समावेशीका आधारमा पदपूर्तिका लागि मिति २०७४\०७\२९ गते विज्ञापन प्रकाशन गरेको थियो । विज्ञापन भएका पदहरु खुलातर्फ ३५, महिला ११, आदिवासी\जनजाति ८, मधेशी ७, दलित २, अपांग २ र पिछडिएको क्षेत्रतर्फ १ जना गरी जम्मा ६६ पदमा विज्ञापन प्रकाशन भएको थियो । ती पदहरु जनरल फरेष्ट्री समूहमा ५०, फरेष्ट रिसर्च समूहमा १, स्वायल एण्ड वाटर कन्जरभेशन समूहमा ७, नेशनल पार्कस् एण्ड वाइल्ड लाइफ समूहमा ५ र वोटनी समूहमा ३ जना रहेका थिए ।

नेपाल वन सेवाका अधिकृत वा सो सरह पदको लिखित परीक्षा २०७४ माघ\फागुनमा सम्पन्न भएकोे थियो । लिखित परीक्षाबाट अन्तर्वार्ताको लागि छनौट भएका उम्मेदवारहरुको २०७५ मंसिर ३ गते देखि मंसिर १० गतेसम्म सामूहिक परीक्षण र अन्तर्वार्ता संचालन भएकोे सहसचिव तथा लोकसेवा आयोगका प्रवक्ता किरणराज शर्माले जानकारी दिए ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)