Monday, 15th June, 2026
वि.स.

नेपाल भ्रमण वर्ष-२०२० प्रवर्द्धनको शुभारम्भ

visit-nepal-2020-1572574447.jpg

जनकपुरधाम। नेपाल भ्रमण वर्ष-२०२० प्रवर्द्धनको शुभारम्भ जनकपुरबाट गरिएको छ।

छठ पर्वको पूर्वसन्ध्यामा १४ कार्तिकमा नेपाल भ्रमण वर्ष संयोजन समिति, संघीय सरकार र प्रदेश सरकारले संयुक्त रूपमा भ्रमण वर्ष प्रवर्द्धनको थालनी गरेकाे हो। कार्यक्रमका प्रमुख अतिथि उपप्रधान एवं स्वास्थ तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले हिमालको चुचुरोदेखी मधेशका फाँटसम्मको प्राकृतिक सौन्दर्यको वर्णन गरे।

उनले धार्मिक आस्थाको केन्द्र जनकपुर, लुम्विनीलगायतका क्षेत्रहरू पर्यटक लोभ्याउन पर्याप्त रहेको बताएका छन्। अतिथिहरूले पर्यटन क्षेत्रको विकास गर्न संघ, प्रदेश र स्थानीय सरकारलाई हातेमालो गर्न आग्रह गरेका छन्। संघीय सरकारका पर्यटन मन्त्री योगेश भट्टराईले पर्यटनको विकासको लागि संघीय सरकार प्रदेश सरकारसँग तत्पर रहेको बताए।

मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले प्रदेशभित्र धार्मिक करिडोरको निर्माण प्रक्रिया शुरू गरिसकेको बताए।  भ्रमण वर्ष–२०२० प्रदेश संयोजक मनिष झाले प्रदेश २ मा भएका  पर्यटकीय क्षेत्रलाई प्रबद्र्धनले अन्य ठाउँको पर्यटन विकासमा समेत सहयोग पुग्ने उल्लेख गरे। 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०