nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

नेपाल भ्रमण बर्ष २०२० को निम्ता गर्दै इण्डोनेशियाको बालीमा टान पोखराको बि टु बि कार्यक्रम

Bali000-1548305536.jpg

टान पश्चिमाञ्चल क्षेत्रिय सघं पोखराको आयोजना तथा नेपालपर्यटन वोर्ड गण्डकी प्रदेश कार्यालयको सहयोगमा TAAN Pokhara & NTB Promotional Tour & Sales mission 2019 अन्तर्गत ईन्डोनेशियाको बालीमा Nepal promotion & Sales mission B2B कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । इण्डोनेशियाको बालीमा रहेको होटल अनन्तारामा भएको सो कार्यक्रममा बाली पर्यटन वोर्ड, एशोसियसन अफ इन्डोनेशियन टुर्स एण्ड ट्राभल्स एजेन्ट बालीमा रहेका ३२ ट्राभल्स एजेन्टस, टुर अपरेटर सहित ६ जना ईन्डोनेशियन पत्रकार तथा नेपाल पर्यटन वोर्ड, पोखरामा रहेका टान क्षेत्रिय सघं पोखराका२१ सदस्यको जम्बो टोलीको सहभागीता रहेको थियो । सो अवसरमा कार्यक्रमको अध्यक्षता समेत गरेका टानपश्चिमाञ्चल क्षेत्रिय संघ पोखराका अध्यक्ष श्री हरी भुजेलले कार्यक्रममा उपस्थित सवैलाई स्वागत गर्दै नेपाल आउन तथा नेपाल भ्रमण वर्ष २०२० सफलवनाउन महत्वपुर्ण भुमिकानिर्वाह गरिदिनुहुन आग्रह समेत गरेका छन् । टान पोखराले प्रथम पटक उदयीमान गन्तव्य बालीको कार्यक्रममा सहभागी भएका २१ ट्रकिङ्ग एजेन्सीहरुलाई धन्यवाद दीदै सबैलाई गुणस्तरिय व्यापारक गर्न समेत शुभकामना दिएका थिए ।

कार्यक्रममा समग्र नेपालको Destination Nepal शिर्षकमा नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले नेपालको पर्यटकीय सम्पदाहरुको बारेमा हिन्दु बाहुल्य बाली तथा हिन्दु बाहुल्य भएको देश नेपालका बीच अन्तर आत्मीयता र धर्मसांस्कृतिक न्यानोपनाका साथै बालीको साहसिक पर्यटन तथा नेपालका उपलब्ध साहसिक पर्यटनका बीचको सम्बन्ध तथा साझेदारीका बिषयमा प्रस्तुति गरेका थिए ।

बालीबाट काठमाण्डौंसम्मको पहूँच तथा दुई गन्तव्यहरुका बीचमा एक अर्कासंग मिलेर गर्न सकिने कार्यहरुका बारेमा तथा पर्यटकीय राजधानी पोखरा र बालीका बीचमा साहसिक गतिविधीका बारेमा हुन सक्ने सहकार्यकाबारेमा समेत प्रस्तुतीकरण भएको थियो ।

बालीपर्यटन वोर्डका सचिव श्रीमति LuhSuciari ले नेपाल र बालीका बीचमा रहेका साँस्कृतिक आदानप्रदान, बालीपर्यटन बोर्ड र बालीपर्यटन बोर्डका बारेमा हुन सक्ने सहकार्यका बारेमा आफ्नो धारणा राखेकी थिएन भने एशोसियसनअफ ईन्डोनेशियन टुर्स एण्ड ट्राभल्स एजेन्ट सदस्य Sri Pramini  ले आफ्नो सदस्य कम्पनीहरुलाई नेपालका बारेमा जानकारी गराई नेपालको प्याकेजहरु बेच्नका लागि सहजीकरण गरिदिने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा मलेशिया एअरलाईन्सका प्रतिनिधिको समेत सहभागीता रहेको थियो ।

आगामी माघ ११ गते मलेशियाको राजधानी क्वालालाम्पुरमा समेत TAAN Pokhara & NTB Promotional Tour & Sales Mission 2019 & B2B  कार्यक्रम हुने छ । सो कार्यक्रममा नेपालपर्यटन वोर्डका साथै यति एअरलाइन्स र मलेशिया एअरलाईन्सले समेत भाग लिने छन् ।

नेपालपर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालयको सहकार्यमा त्ब्ब्ल् एयपजबचब को आयोजनामा पछिल्लो समयमा पर्यटकिय गतिविधिका लागि अघि बढिरहेको बालीमा प्रथम पटक आयोजना भएको कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिदिने सबैलाई कार्यक्रम संयोजक टीकाराम सापकोटाले धन्यवाद दिएका थिए । टान पोखराका सचिव जिबनराज सापकोटाले कार्यक्रम संचालन गरेका थिए ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)