nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

नेपाल बैंक पालुङको खुद नाफा ७० लाख पुग्यो

नेपाल बैंक लिमिटेड पालुङ शाखाको खुद नाफा ७० लाख पुगेको छ । शाखा प्रमुख भुवनेश यादव सरुवा भई अन्यत्र जाँदा कार्यालयमा आयोजना गरिएको अवसरमा उनले यस्तो जानकारी दिएका हुन् । उनले भने– विगतको करिब २५ लाख घाटा भएको शाखा अहिले करिब ७० लाख नाफामा छ ।’
यादवका अनुसार कर्जाको पोर्टफोलियो करिब ५ करोडबाट १६ करोड पुगेको छ । त्यस्तै शाखाको कुल निक्षेप ५ करोडबाट करिब १५ करोड पुगेको   छ । बैंकको कर्जा शतप्रतिशत असुल रहेको जनाइएको छ । उनले विदाई कार्यक्रममा कार्यालयका सम्पूर्ण टिममा भएको सहकार्यप्रति आभार प्रकट गरेका छन् भने नयाँ प्रबन्धकलाई शुभकामना दिएकाछन् । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)