Thursday, 27th August, 2026
वि.स.

नेपाल बैंक पालुङको खुद नाफा ७० लाख पुग्यो

नेपाल बैंक लिमिटेड पालुङ शाखाको खुद नाफा ७० लाख पुगेको छ । शाखा प्रमुख भुवनेश यादव सरुवा भई अन्यत्र जाँदा कार्यालयमा आयोजना गरिएको अवसरमा उनले यस्तो जानकारी दिएका हुन् । उनले भने– विगतको करिब २५ लाख घाटा भएको शाखा अहिले करिब ७० लाख नाफामा छ ।’
यादवका अनुसार कर्जाको पोर्टफोलियो करिब ५ करोडबाट १६ करोड पुगेको छ । त्यस्तै शाखाको कुल निक्षेप ५ करोडबाट करिब १५ करोड पुगेको   छ । बैंकको कर्जा शतप्रतिशत असुल रहेको जनाइएको छ । उनले विदाई कार्यक्रममा कार्यालयका सम्पूर्ण टिममा भएको सहकार्यप्रति आभार प्रकट गरेका छन् भने नयाँ प्रबन्धकलाई शुभकामना दिएकाछन् । 
 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif