Tuesday, 16th June, 2026
वि.स.

नेपाल प्रहरीका दुई जना डीआईजीमा कोरोना संक्रमण

cvd-1597563831.jpg

 नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा कार्यरत दुई जना उच्च प्रहरी अधिकृतमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । अस्पतालका दुई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा संक्रमण भेटिएको हो ।

नेपाल प्रहरीका एक उच्च अधिकृतले संक्रमण देखिएको पुष्टि गरेका छन् । हालसम्म अस्प्तालमा कार्यरत ३६ जनामा संक्रमण पुष्टि भइसकेको उनले बताए ।

नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले भने हाल प्रहरी प्रधान कार्यालय र हेक्वार्टर मातहतका इकाइमा गरी १५५ जनामा सक्रिय संक्रमण रहेको बताए । हाल प्रहरी अधिकारीको पीसीआर परीक्षण प्रहरी अस्पतालमै गरिँदै आएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०