Wednesday, 2nd September, 2026
वि.स.

नेपाल प्रवेशपछि अनिवार्य १० दिन क्वारेन्टिनमा बस्नुपर्ने

q-1608272301.jpg

अब विदेशबाट नेपाल आउनेले अनिवार्यरुपमा क्वारेन्टिन मा बस्नुपर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाईले बिहीबार सूचना जारी गरी यसबारे जानकारी गराएको हो । 

मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बुधबार बसेको बैठकले विदेशबाट नेपाल प्रवेश गर्नेलाई अनिवार्य १० दिन क्वारेन्टिन मा बस्नुपर्ने निर्णय गरेको मन्त्रालयका सह–प्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिए । 

यसका साथै संक्रमित व्यक्तिको सम्पर्कमा आएकालाई पनि सम्पर्कमा आएको दिनदेखि कम्तिमा दश दिन अनिवार्य क्वारेन्टिन बस्ने व्यवस्था गर्ने गराउने जानकारी सूचनामा दिइएको छ । 

संक्रमण पुष्टि भएपछि संक्रमितलाई कम्तिमा दश दिन अनिवार्य आइसोलेसन बस्ने व्यवस्था गर्ने गराउने निर्णय भएको अधिकारीले बताउनु भएको छ । मन्त्रालयको यसै निर्णय अननुसार गर्न गराउन सबैलाई सूचित गरिएको छ ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif