nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 24th April, 2024
वि.स.
1000043965-1707579226.jpg

नेपाली सेनाले भन्यो : पूर्वप्रधानसेनापति क्षेत्रीले लेखेको पत्र आधिकारिक हो

nepal_army_building_KLxz9-1655393074.jpg

अमेरिकाको नेसनल गार्डसँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) का लागि पत्राचार गरेको विषय सार्वजनिक भएपछि नेपाली सेनाले धारणा सार्वजनिक गरेको छ । सेनाका प्रवक्ता नारायण सिलवालले सन २०१५ मा तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीले अमेरिकालाई पत्र पठाएकाे पत्र आधिकारिक भएको  बताए । सरकारको स्वीकृत लिएरै सेनाले अमेरिकालाई पत्र लेखेको उनको भनाइ छ ।

क्षत्रीले पठाएको पत्रको आधिकारिकतामाथि प्रश्न उठाइएका बेला प्रवक्ता सिल्वालले पत्र सही भएको बताएका हुन् । पूर्व प्रधानसेनापति क्षेत्रीले लेखेको पत्रमा कुनै शंका मान्‍नुपर्ने कुरा नभएको उनको भनाइ छ । त्यो पत्र आधिकारिक भएको भन्दै यसको अध्ययनका विषयमा आकस्मिक बैठक बसेको भन्‍ने कुरा अनावश्यक हल्ला भएको सिल्वालले बताए । 

उनले भने, 'आज सार्वजनिक भएको पत्र सही हो । त्यसको मिति पनि त्यही हो । तर हामीले सैन्य रणनीतिका लागि पत्र लेखेको होइन ।' उक्त पत्रमा अमेरिकी सेनासँग सहकार्य गर्ने, विपद्‌ व्यवस्थापमा सहयोग लिनेलगायतका कुराहरु भएको र जुन नेपाली सेनाले गर्दै आएको कुरा भएको उनले बताए ।

साथै उनले बुधबार सार्वजनिक गरेको विज्ञप्तिका विषयमा अक्षरस ठिक भएको पनि बताए । 'सार्वजनिक भएको भनिएको सम्झौताका विषयमा नेपाली सेनालाई कुनै जानकारी छैन। अहिलेसम्म एसपीपीका विषयमा कुनै सम्झौता भएको छैन र आगामी दिनमा त्यस्तो सम्झौता नहुने पनि सेनाले स्पष्ट पारिसकेको छ,' उनले भने ।​

२०७२ को भूकम्पपछि उद्धारमा सहयोग गरेको अमेरिकी मित्रराष्ट्रलाई थप सहयोगका लागि अनुरोध गरिएको उनले बताए । सो पत्रमा एसपीपी सम्झौताका लागि कुनै आग्रह नगरिएको सिल्लवालले बताए । राताेपाटीबाट



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)