nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

कांग्रेसले दियाे थाहामा सञ्चनाका परिवारलाई राहत

IMG_20190723_131443-1563875480.jpg

नेपाली कांग्रेस मकवानपुरले थाहाका सञ्चना बलामीको परिवारलाई राहत स्वरुप नगद प्रदान गरेको छ ।

नगरपालिकामा असार २७ गते खोलाले बगाएर मृत्यु भएको सञ्चना बलामीको परिवारलाई मंगलबार घरमै पुगेर राहत रकम बुझाएको हो । १२ वर्षिय सञ्चना बलामी थाहा नगरपालिकाको जनकल्याण माद्यामिक विद्यालयको कक्षा ६ मा पढ्दै थिइन । उनलाई खोला तर्ने क्रममा असार २७ गते महाभिर खोलाले बगाए पछि सञ्चनाको मृत्यु भएकोे थियो । परिवारको सदस्य गुमाउँदा दुखमा रहेको उनको परिवारलाई नेपाली कांग्रेस मकवानपुरको तर्फबाट नगद २५ हजार रुपैँया प्रदान गरेको छ भने थाहा नगरपालिकामा शाखा सञ्चालनमा रहेको दिव्यतारा बहुदेश्यिय सहकारी संस्थाको तर्फबाट १० हजार रुपैँया प्रदान गरेको छ । 


नेपाली कांग्रेसले देशैभरी बाढीपहिरोबाट मानविय क्षति भएको परिवारलाई राहत प्रदान गर्नका लागि पार्टीको संसदहरुको सेवा सुविधा कोषबाट ५ दिनको रकमले आर्थिक सहयोग गर्ने निर्णय भए अनुरुप नै राहत रकम प्रदान गरिएको नेपाली कांग्रेस थाहा नगर सभापती योगेन्द्रमान श्रेष्ठले बताए । उनले जनप्रतिनिधिहरुले ठुला आयोजनालाई मात्र नहेरेर साना विषयले नि ठुलो जनधन क्षति गर्ने कुरालाई ध्यानमा राखेर काम गर्न आग्रह गरे ।
प्रतिनिधि सभा सदस्य महालक्ष्मी डिना उपाध्यायले दुखमा रहेको परिवारलाई समवेदना ब्यक्त गर्दै दुखमा ठुलो सहयोग नभएर साथ दिन आएको बताए । 


नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य महालक्ष्मी डिना उपाध्याय, क्षेत्रिय सभापति यतिराज सापकोटा, थाहा नगर सभापति योगेन्द्रमान श्रेष्ठ, जिल्ला सदस्य तथा थाहा नगरपालिकाका नगर उपप्रमुख खड्ग गोपाली, हेटौँडा उपमहानगरपालिका सभापति आनन्दराम पराजुली लगायत कांग्रेसका विभिन्न तहका प्रतिनिधि, समाजसेवी र पत्रकारहरुको सहभागितामा रहत रकम प्रदान गरिएको हो ।


कांग्रेसले मकवानपुर जिल्ला भरीमा मानविय क्ष्ँति भएको ६ वटा परिवारलाई नै रहत प्रदान गर्ने प्रक्रियामा लागिरहेको छ ।
आमा संगिता बलामी र बुबा शिवराज बलामीबाट सञ्चना जन्मिएकी थिइन् ।  कान्छी बलामी र, काका देवराज बलामी लगायत गरि १६ जनाको परिवार रहेको 
 



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।