Tuesday, 16th June, 2026
वि.स.

नेपालमा पनि अंपुन चक्रवातको असर

mausam-1589793950.jpg

 जल तथा मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडीमा देखिएको अंपुन नामको शक्तिशाली चक्रवातको असर नेपालसम्मै पर्ने भएकाले सतर्कता आपनाउन आग्रह गरेको छ ।

अहिले बंगालको खाडीको मध्य भागमा अंपुन नामको चक्रवात धेरै शक्तिशाली रुपमा विकसित हुँदै गएको र उक्त चक्रवात मंगलबार पूर्वी नेपाल प्रवेश गर्ने महाशाखाले उल्लेख गरेको छ ।

त्यसले पूर्वी नेपालको मौसममा बदली हुन सक्ने तथा त्यसपछिको २, ३ दिनसम्म देशैभरि बदली भई केहि स्थानमा वर्षा हुने देखिन्छ महाशाखाले अंपुन चक्रवातबारे अपडेट गर्दै भनेको छ, उच्च हिमाली क्षेत्रमा हल्का देखि मध्यम हिमपात र एकरदुई स्थानमा भारी हिमपात समेत हुन सक्ने भएकोले सतर्कता अपनाउन हुन अनुरोध छ ।

महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले बंगालको खाडी हुँदै विकसित हुने क्रम बढिरहेकाले मंगलबार बेलुकीदेखि पूर्वी भागमा वर्षा हुने बताइन् । ुमध्य भागसम्म हल्का वर्षा र बदली हुने देखिन्छ,ु उनले कान्तिपुरसित भनिन् ।
विगतमा पनि बंगालको खाडीमा उत्पन्न भएका चक्रवातको केही असर नेपालसम्म परेको थियो । चक्रवातको असर पश्चिम नेपालका भागमा भने पर्दैन ।

कसरी राखिन्छ चक्रवातको नाम ?

सन् १९५३ देखि एटलान्टिक ट्रोपिकल स्ट्रोम र नेसनल हुरिकेन सेन्टरले आँधी र चक्रवातको नामकरण गर्न थालेका हुन् । फानीको नामचाँहि बंगलादेशले प्रस्ताव गरेको हो ।

‘द इन्डिया मेटेरोलोजिकल डिपार्टमेन्ट’ले आठ देशहरू भारत, पाकिस्तान, बंगलादेश, म्यानमार, माल्दिभ्स, ओमान, श्रीलंका र थाइल्यान्डलाई चक्रवातको नाम राख्‍न सल्लाह दिएको थियो । त्यसअनुसार ती देशले आँधीका ६४ नाम प्रस्तुत गरेका थिए । आठैवटा देशले ८८ वटा नाम प्रस्तुत गरेका थिए ।

जतिबेला अरेबियन सागर वा बंगालको खाडीमा आँधी वा चक्रवात आउँछ, त्यही सूचीबाट नाम राख्‍ने गरिएको छ । नाम पनि तीनै आठवटा देशको वर्णानुक्रमअनुसार पालैपालो राखिन्छ ।

‘हुदहुद’ पछि यो इलाकामा आउने आँधीको नाम पाकिस्तानले राखेको थियो । उसले हुदहुदपछि आएको आँधीको नाम ‘निलोफर’ राखेको थियो । त्यसपछि श्रीलंकाले ‘आशोबा’ र थाइल्यान्डले ‘कोमेन’ आँधी नामकरण गरेका थिए ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०