Tuesday, 1st September, 2026
वि.स.

नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ४९८ पुग्यो

corona-death-1601462908.jpg

कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच सय नजिक पुगेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सात जनाको मृत्यु भएसँगै कोरोनाले मृत्यु हुनेको संख्या ४९८ पुगेको हो । मन्त्रालयका अनुसार देशभर कुल संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ । पछिल्लो २४ घण्टामा १५५९ जनामा संक्रमण पुष्टि भएको छ । 

२४ घण्टामा एक हजार ५७ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको कुल संख्या ५६ हजार ४२८ पुगेको छ । यो कुल संक्रमितको ७२ दशमलव ५ प्रतिशत हो ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif