Tuesday, 16th June, 2026
वि.स.

नेपालमा कोरोनाको कारण थप ८ जनाको मृत्यु

covide-death-1597231162.jpg

कोरोना भाइरसको संक्रमणबाट नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जनाको मृतयु भएको छ ।

मृत्यु हुनेमा टेकुका ७८ वर्षीया महिला, धादिङका ३२ वर्षीय पुरुष, धनुषाका ७१ वर्षीय पुरुष, धनुषाकै ३८ वर्षीय महिला, सप्तरीका ७२ वर्षीय पुरुष, मोरङका ५५ वर्षीय पुरुष, कपिलवस्तुका ४२ वर्षीय पुरुष र बाराका ७५ वर्षीय पुरुष छन्।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०