nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 7th May, 2024
वि.स.
1000043965-1707579226.jpg

नेपालमा कोरोनाः १२ दिनमा चारजनाको मुत्यु, ४३७ संक्रमित

corona-Update-1590426712.jpg

जेठ महिना लागेसँगै काठमाडौंमा समेत गर्मी बढेको छ । तराईका ‘बोसो पगाल्ने’ गर्मी छ । तर, गर्मीसँगै भाइरस संक्रमणको ग्राफ पनि ह्वात्तै बढेको छ । जेठ महिनाको १२ दिनमै ४३७ संक्रमित थपिएका छन् । कुल संक्रमितको संख्या ६८२ पुगेको छ । यही अवधिमा ४ जना संक्रमितले ज्यान गुमाएका छन् ।

नेपालमा माघ ९ गते कोरोनाको पहिलो संक्रमण देखिएको थियो । त्यसयता संक्रमण निकै ढिलो गरी फैलियो । सरकारले चैत ११ देखि कोरोना फैलिन नदिन भन्दै लकडाउन घोषणा गर्‍यो । तर, लकडाउनकै अवधिमा कोरोना संक्रमण बढ्दै गइरहेको छ । जेठ १२ गते सोमबार साँझसम्मको तथ्यांक हेर्दा कुल संक्रमितको संख्या ६८२ पुगेको छ ।

माघ ९ देखि जेठ १ गतेसम्म आइपुग्दा संक्रमतिको संख्या २४५ मात्र थियो । जेठ २ गते एकसाथ ९ जना थपिए । यसरी थपिने क्रम दैनिक बढ्दै जान थाल्यो । जेठ ४ गते संक्रमितको संख्या २९१ पुग्यो भने जेठ ५ गते एकैचोटि ३५७ पुग्यो । १२ दिन उताको तथ्यांक विश्लेषण गर्दा जेठ ५ गते ३५७ संक्रमित देखापरेको मा ८ गते यो संख्या ४५७ अर्थात सय अंकमा चुलिएको देखिन्छ ।

पुरूषको तुलनामा महिलामा कम संक्रमण देखिएको छ । ६०२ जना पुरूष संक्रमित भएका छन् भने महिलाको संख्या ८०  मात्र छ  । जेठ ८ गते कुल संक्रमतिको संख्या ४५७ थियो भने भोलिपल्ट साँझमा बढेर ५१६ पुग्यो । त्यसको चार दिन पछि अर्थात जेठ १२ गते सोमबारसम्म आइपुग्दा यो संख्या बढेर ६८२ पुगेको छ । यो समाचार लेख्दै गर्दा अरु संख्या थपियो भने अचम्म नमाने हुन्छ । 

यसरी माघयताका कुल संक्रमित ६८२ मध्ये ४३७ जना यही जेठ महिनामा थपिएका संक्रमितहरु हुन् ।

कुल ६८२ संक्रमितमध्ये अहिलेसम्म निको हुनेको संख्या ११२ छ । कोरोनाबाट ४३ जिल्लाहरू प्रभावित बनेका छन्  । पुरूषको तुलनामा महिलामा कम संक्रमण देखिएको छ । ६०२ जना पुरूष संक्रमित भएका छन् भने महिलाको संख्या ८०  मात्र छ  । हाल ४६ हजार २९ जना क्वारेन्टाइनमा बसेका छन् । माघयता कुल ९१ हजार ६४२ जनाको पीसीआर टेस्ट भएको छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)