nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

नेपालभरका जेसीज शाखा कोषाध्यक्षहरु थाहानगर आउने

fellowship-meet-1698569437.jpg

नेपाल जेसीज अन्तर्गत् १७८ शाखाका कोषाध्यक्षहरु एकसाथ थाहा नगरपालिका आउने भएका छन् । पालुङ जेसीजले यही १७ र १८ कार्तिकमा आयोजना गर्न लागेको शाखा कोषध्यक्षहरुको  फेलोसिप मिटमा भाग लिन उनीहरु थाहानगर आउने भएका हुन्  । 

थाहा नगरपालिकाको  वडा नं. २ फाँटबजारस्थित ‘डाँडाँघरे बाको होमस्टे’ मा फेलोसिप मिट हुने पालुङ जेसीजका कोषाध्यक्ष माधव कार्कीले जानकारी दिए । कार्कीका अनुसार फेलोसिप मिटमा नेपाल जेसीज अन्तरगत १७८ वटा शाखाका कोषाध्यक्षहरु लगायत शाखाका पदाधिकारीहरु र नेपाल जेसीजका पदाधिकारीहरुको सहभागिता हुनेछ । 

हालसम्म ५० जना भन्दा बढीको रजिष्ट्रेसन भईसकेको कोषाध्यक्ष कार्कीले जानकारी दिए । कार्यक्रममा मकवानपुरको र थाहा नगरको पर्यटकीय स्थलहरुको बारेमा जानकारी गराइनुका साथै थाहा नगरको अध्ययन अवलोकन गराइने छ ।

थाहानगरको पर्यटन प्रवद्र्धनका लागि यस कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने पालुङ जेसीज बर्ष २०२३ का अध्यक्ष संगम कार्कीले बताए ।

कार्यक्रमकै अवसरमा चित्लाङमा प्याराग्लाईडिङ, पालुङ आग्रा पदयात्रा, कुलेखानी ईन्द्रसरोबरमा बोटिङ गर्न सकिने पनि आयोजकले बताएको छ ।
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)