nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 4th May, 2024
वि.स.
1000043965-1707579226.jpg

नेपालको कर दक्षिण एसियाकै महँगो

taol-1535107300.jpg

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कर संसारकै सस्तो भनेर दावी गरेको विषय दुई दिनमै झुट सावित भएको छ । प्रधानमन्त्री ओलीले मंगलबार विराटनगर विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै उनले नेपालमा लगाइएको कर संसारकै सस्तो भएको दावी गरेका थिए । तर दक्षिण एसियाकै सवैभन्दा महंगो कर नेपालमा रहेको पाइएको हो ।

जथाभावी करबृद्धि भएकोमा सरकारको आलोचना बढेपछि ओलीले संसारकै सस्तो कर नेपालको भएको भन्दै अझ कर थोपर्ने संकेत गरेका थिए ।

कुल ग्राहस्त उत्पादनको आधारमा लाग्ने कर नेपाल दक्षिण एसियाकै महंगो रहेको पाइएको छ । नेपालले जीडीपीको आधारमा नेपालीलाई करको भार २४ प्रतिशत पर्ने गर्दछ ।

जुन दर सात वटा मुलुकको भन्दा बढी हो । दोस्रो धेरै कर लिनेमा माल्दिभ्सले २१ प्रतिशत कर लिने गरेको छ । भने तेस्रोमा भारतले १८ प्रतिशत, चौथोमा श्रीलंका १२ प्रतिशत, पाँचौमा बंगलादेश ९ प्रतिशत रहेको छ ।

गत वर्ष ७ खर्व ३० अर्ब राजस्व उठाएको संघीय सरकारले चालु वर्षमा ९ खर्ब ४५ अर्ब राजस्व उठाउने लक्ष्य राखेको छ । पछिल्लो समय स्थानीय तहले लगाउने करको दर समेत अध्यधिक बढेकोले नेपालीहरु प्रत्यक्ष मारमा परेका छन् ।

स्थानीय तहले जनतालाई मार पर्नेगरी कर लगाएको भन्दै सरकार र स्थानीय तहको आलोचना भइरहेका बेला प्रधानमन्त्री ओलीले स्थानीय तहले लगाएको करको बचाउ गरेका थिए ।