nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

निषेधाज्ञा उलंघन गर्दै थाहानगरमा वित्तीय समूहहरु संचालन

पछिल्लो समय कोरोनाको जोखिम बढेको भन्दै थाहानगरमा सन्चालित लघुवित्तहरुको समुह बैठकलाई अर्को सुचना नभएसम्म रोक्ने नगरको निर्णय उलंघन गर्दै कतिपय वित्तीय संस्थाहरुले सोमबारसम्म पनि जारी राखेका छन् ।

शनिबार थाहा नगरपालिकाले आयोजना गरेको सर्वपक्षिय बैठकले कोरोनाको जोखिम न्यूनिकरणका लागि तत्काल महिला समुहका बैठकहरु स्थगन गर्न आवश्यक रहेको निष्कर्ष निकाल्दै त्यस्तो निर्णय गरेको थियो तर, कतिपय वित्तीय संस्थाहरुले आफुहरुलाई औपचारिक जानकारी नभएको भन्दै दैनिक रुपमा विभिन्न क्षेत्रहरुमा बैठक जारी राखिएको बुझिएको छ ।

सोमबारसम्म थाहानगरको वडा नम्बर १ मा १०, २ मा ४, ३ मा ९, ४ मा ११ जना संक्रमितहरु छन् । यसैगरी, वडा नम्बर ५ मा २, ६ मा ७, ७ मा १, ९ मा २, १० मा १ र ११ मा ३ जना गरि ५० जना संक्रमित भएका छन् । ती सबै आ-आफ्नै घरमा आइसोलेशनामा बसिरहेका छन । सोमबार नै नगरले एक बैठकको आयोजना गरि जिल्ला प्रशासन कार्यालयले बैशाख १८ गते जारी गरेको निषेधाज्ञा पालना गरे नगरेको अनुगमन गरि पालना नगरेका व्यक्ती, संघसंस्था तथा व्यवसायीलाई प्रचलित ऎन बमोजिम कार्बाही गर्ने जनाएको छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)