Monday, 15th June, 2026
वि.स.

नियमित खोप कार्यक्रम सञ्चालन हुने

khop-1587377883.jpg

कोरोना भाइरस (कोभिड–१९) को त्रासपछि स्थगित खोप सेवा सरकारले नियमित सञ्चालन गर्ने भएको छ ।

सरकारले यही वैशाख ५ गते अत्यावश्यक तथा आधारभूत स्वास्थ्य सेवा प्रवाह गर्ने निर्णय गरेसँगै स्थगित खोप कार्यक्रम पूर्ववत सञ्चालन गर्न लागिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको स्वास्थ्य सेवा विभागले कोरोनाका कारण स्थगित नियमित खोप सेवा नियमित सञ्चालन हुने जनाएको छ ।

विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले सातै प्रदेशका प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र ७७ वटै स्वास्थ्य कार्यालयलाई परिपत्र गर्दै नियमित खोप सेवा सञ्चालन गर्न निर्देशन दिएका छन् ।

विभागद्वारा सरोकारवाला स्वास्थ्य निकायलाई प्रेषित सर्कुलरमा अन्तरिम निर्देशिकाअनुसार नियमित खोप सञ्चालनको प्रबन्ध मिलाउन भनिएको छ ।

कोरोना प्रकोप फैलिएपछि सरकारले ‘कोभिड–१९ महामारी सम्बन्धमा कोभिड तथा अन्य स्वास्थ्य सेवा प्रवाहका लागि अन्तरिम निर्देशिका २०७६’ जारी गरेको थियो । जसमा अत्यावश्यक तथा आधारभूत सेवा सञ्चालन गर्ने उल्लेख छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०