Sunday, 19th May, 2024
वि.स.
1000043965-1707579226.jpg

नियमित औषधि सेवन गरिरहेका २७ विरामीलाई थाहानगरको सेवा

Okhatee-1587091825.jpg

लकडाउनका कारण नियमित औषधि सेवन गरिरहेकाहरुलाई थाहा नगरपालिकाले दिएको समन्वयात्मक सेवाबाट २७ जनाले सुविधा पाएका छन् । थाहा नगरपालिकाले लकडाउनका कारण थाहानगर भन्दा बाहिर औषधि खरिद गर्न जान समस्या भएकाहरुलाई नगरपालिकाले नै खरिद गरेर ल्याई वडासम्म पु¥याउने व्यवस्था गरेपछि उनीहरुले सेवा पाएका हुन् । 

‘नियमित औषधि सेवन गरिरहेका तर विरामी आफै उपस्थित हुनु नपर्ने खालको औषधि खरिदका लागि वडा कार्यालयसम्म औषधिको कागज र पैसा विरामीले छोड्छन्, नगरपालिकाले खरिद गरेर ल्याई वडामै पु¥याईदिने व्यवस्था गरेका छौं’–नगर प्रमुख लवशेर विष्टले भने–यसले नागरिकलाई सजिलो भएको छ । 

नगरपालिकाले बुढापाका र विरामीले नियमित सेवन गर्ने औषधि व्यवस्थापनका लागि अ.हे.ब प्रकाश घिमिरेलाई फोकल पर्सन नै तोकेको छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)