nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

निजी क्षेत्रको सहभागिता बिना समृद्धि असम्भव : बानिया

३ नं. प्रदेश सभासद् एवम् पूर्व पर्यटन राज्यमन्त्री इन्द्र बानियाले निजी क्षेत्रको सहभागिता विना समृद्धिको सपना साकार नहुने बताएका छन् । थाहा नगर वाणिज्य संघले उत्तरी मकवानपुरको थाहानगरस्थित इन्द्रायणी चौरमा ९ दिनदेखि सञ्चालन गरेको तेस्रो थाहा महोत्सवको समापन गर्दै पूर्व राज्य मन्त्री बानियाले यस्तो बताएका हुन् । निजी क्षेत्रको सहभागिता विना समृद्ध नेपालका सपना साकार नहुने भन्दै उनले प्रदेश सरकारले पहिलो चौमासिकमा ४ प्रतिशत र संघीय सरकारले ७ प्रतिशत मात्र खर्च गर्न सकेकोमा आपत्ति प्रकट गरे । 

त्रिभुवन राजपथलाई  पर्यटकीय मार्ग बनाउन सरकारले तुरुन्त चासो लिनु पर्ने बताउँदै उनले थाहा नगरपालिकाबाट डाँडाखर्क हुँदै भण्डारा जोड्ने सडक निर्माणका लागि प्रदेश सरकारले पहल गर्नु पर्ने र पर्यटनबाटै थाहानगरको समृद्धि सम्भव भएको बताए । आयोजक थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष कविराज खत्रीको अध्यक्षतामा भएको महोत्सव कार्यक्रममा थाहा नगर प्रमुख लवशेर विष्टले थाहाको विकासका लागि भ्रष्टाचारमा सून्य सहनशीलताको नीति लिएको बताए । जनप्रतिनिधिको रुपमा आएपछि त्रिभुवन राजपथको मर्मत, चन्द्रागिरी  सडक निर्माण लगायत समग्र थाहाको भविष्यसँग जोडिएका विषयहरुलाई प्राथमिकताका साथ उठाएको उनको भनाइ थियो । 

आयोजक समिति सदस्य भरत गोपालीले स्वागत गरेको महोत्सव समापन समारोहमा बोल्दै थाहा नगर उपप्रमुख खड्ग गोपालीले तेस्रो थाहा महोत्सवबाट थाहानगरको पर्यटन प्रवर्धनमा गुणात्मक सहयोग पुगेको बताउँदै आयोजकलाई विशेष धन्यवाद दिए । १० कार्तिकदेखि शुरु भएको तेस्रो थाहा महोत्सव १८ कार्तिकमा समापन भएको हो । कार्यक्रमको सञ्चालन आयोजक संस्थाका महासचिब सुरेन्द्रमान प्रधानले गरेका थिए । 

साँढे ८ करोडको कारोबार

९ दिनसम्म चलेको थाहा महोत्सवमा साँढे ८ करोड रुपिया बराबरको कारोबार भएको छ । आयोजकले ६ करोडको कारोबार हुने लक्ष्य राखेकोमा लक्ष्यभन्दा बढी कारोबार भएको आयोजक संस्थाका अध्यक्ष कविराज खत्रीले बताए । 

महोत्सवमा १७ कार्तिक शनिबार एकै दिन साँढे २ करोड रुपियाँ बराबरको कारोबार भएको थियो भने आइतबार ३ करोड बराबरको कारोबार भएको थियो । आइतबार १९ हजार अवलोकनकर्ताहरु आएका थिए । 

शुरुका दिनहरुमा कम व्यापार भए पनि पछिल्ला दिनहरुमा अवलोकनकर्ताहरुको उल्लेख्य भीड लागेको आयोजकले बताएको छ । महोत्सवमा कृषि प्रदर्शनी, बाल मेला, पर्यटन जोनका अतिरिक्त २ सय १८ वटा स्टल रहेका थिए । बालमेलाबाट मात्र ३० लाख बराबरको कारोबार भएको बाल मेला संयोजक कुलप्रसाद सोडारीले जानकारी दिए ।

मेलामा स्टल व्यवस्थापनमा विद्यार्थी शाह खटिएका थिए भने सुरक्षामा सुरेश गिरी र बाल मेलामा सोडारीले भूमिका निर्वाह गरेका थिए । 
त्यस्तै पर्यटन जोनमा अधिकाँस फोटोहरु गणेशप्रसाद विष्टको रहेको थियो भने प्रमुख पर्यटकीय स्थलहरुको बारेमा प्रेस सल्लाहकार कुमार नेगीले लेखेका थिए । 

महोत्सवमा विशेष कार्यक्रमको रुपमा रहेको कृषि प्रदर्शनी मेलाको संयोजन निरोज प्रधानले गरेका थिए । त्यस्तै सस्कृतिक कार्यक्रममा मुक्तिनाथ उप्रेती र रुपक उप्रेतीले संयोजन गरेका थिए । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)