Monday, 15th June, 2026
वि.स.

निको भएर घर पठाइएका संक्रमितलाई फेरि अस्पताल ल्याइयो

corona-pasaint-1588485741.jpg

नारायणी अस्पतालबाट कोरोनामुक्त भई डिस्चार्ज भएका रौतहटका एक युवक पुनः अस्वस्थ भएपछि उपचार गर्न वीरगञ्ज ल्याइएको छ ।रौतहटको ईशनाथ नगरपालिकाका १९ वर्षीय युवकको रिपोर्ट शंकास्पद देखिएपछि उनलाई पुनः वीरगञ्जस्थित नारायणी अस्पतालमै ल्याइएको हो ।

नारायणी अस्पतालबाट वीरगञ्जका तीन जना र रौतहटका ती युवक कोरोनामुक्त भएको भन्दै एक साता अघि डिस्चार्ज भएका थिए । १९ वर्षीय ती युवकमा वैशाख १ गते कोरोना संक्रमण पुष्टि भएको थियो । वैशाख १४ गते अस्पतालबाट डिस्चार्ज भएलगत्तै उनी एम्बुलेन्समा घर गएका थिए । घरमा परिवार र आफन्तसँग बस्दै आएका थिए ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०