nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 13th May, 2024
वि.स.
1000043965-1707579226.jpg

निःशुल्क डेङ्गु परीक्षणमा हेटौंडाका १८७ विरामीको परीक्षण

हेटौंडामा नागरिक समाज स्तरबाट ७ असोजबाट शुरु भएको निःशुल्क ज्वरो र डेङ्गु परीक्षण शिविरमा १८७ जना बिरामीले सेवा लिएका छन ।

हेटौंडा अस्पतालमा संचालन भइरहेको सिविरमा ज्वरो सङ्ग सम्बन्धित रोगहरुको परिक्षण भइरहेको छ ।  टोल विकास संस्था नगर समन्वय समिति हेटौंडाको अगुवाइमा हेटौंडा उपमहानगरपालिका र हेटौंडा अस्पतालको सहकार्यमा निःशुल्क ज्वरो उपचार कक्ष स्थापना गरि निःशुल्क रुपमा ज्वरोको र डेङ्गुको परीक्षण शिविर सञ्चालन  भएको हो ।

मकवानपुर जिल्ला भर नै डेङ्गुको महामारी फैलिएको सन्दर्भमा नागरिक समाज स्तरबाट नै यसको न्यूनीकरण गर्न  र थप फैलन बाट रोक्न शिविर सञ्चालन गरिएको समन्वय समितिका महासचिव शिवहरि दाहालले जानकारी दिए ।अध्यक्ष ध्रुवप्रसाद अधिकारीले जानकारी दिए । सिबिरमा हेटौंडा लगाएत मकवानपुरका विभिन्न गाउँपालिकाहरुबाट समेत बिरामी आइरहेको दाहालले जानकारी दिए ।

सिबिरमा टोल बिकास संस्था मार्फत डेङ्गु र ज्वरो सङ्ग सम्बन्धित रोगहरुका बारेमा आम सर्बसाधारण नागरिकहरुलाई समेत जानकारी गराइएको टोल बिकास संस्था नगर समन्वय समितीका अध्यक्ष धुर्ब अधिकारीले जानकारी गराए  । करिब १ हप्ता संचालन हुने सिबिरमा ज्वरोका सबै विरामीहरुलाई सहभागिता जनाइ डेङ्गु परीक्षण गर्न आग्रह गरेका छन् ।