nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 23rd April, 2024
वि.स.
1000043965-1707579226.jpg

नारायणीले बगाएको गैँडाको केटो भारत पुग्यो

keto-1601098248.jpg

नारायणी नदीमा आएको बाढीले चितवन राष्ट्रिय निकुञ्जबाट गैँडाको बच्चा (केटो) बगाएको छ ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका र विनयीत्रिवणी गाउँपालिकाको सिमाना भेलौजीबाट बाढीले केटो बगाएको हो । निकुञ्जका सहायक सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार तीन वर्षको केटोलाई नदीले बगाएको हो ।

बाढीले केटोलाई बगाएर भारत पुर्याएको उहाँले जानकारी दिनुभयो । भारत पुगेको केटोको अवस्थाबारे अहिलेसम्म जानकारी पाउन नसकेको र भेटिएपछि खबर गर्न भनेको पनि अधिकारीले बताउनुभयो । विसं २०७४ सालको साउनमा आएको बाढीमा बगेर निकुञ्जका गैँडा त्रिवेणीदेखि दक्षिण पश्चिमको भारतीय क्षेत्र पुगेका थिए ।

निकुञ्जले यसरी बगेका र ज्यूँदै रहेका १३ वटा गैँडा उद्धार गरेर चितवन नै ल्याएको थियो ।रासस



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)