krishi-4-1744105937.jpg
Sunday, 18th May, 2025
वि.स.
Sram-Suchana-1737867666.jpg

नापी कार्यालयमा आगलागी हुँदा १९ जना घाइते [अपडेट]

Photo-1477472786.jpg

जिल्ला नापी कार्यालय मकवानपुरमा आगलागी भएको छ। हेटौंडा सानो पोखरा स्थित नापी कार्यालयमा भएको आगलागीबाट १९ जना घाइते भएका छन्। घाइते हुनेमा कार्यालयका कर्मचारी र सेवाग्राही रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । घाइतेमध्ये १६ जनाको हेटौंडा अस्पताल र ३ जनाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ।
हेटौंडा उपमहानगरपालिकाको दमकल र स्थानीयहरुले आगोलाई नियन्त्रणमा निभाइ रहेका छन् । आगलागीबाट केही कागजात जलेका छन्। प्रहरीले कार्यालयभित्रका आवश्यक कागजातलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको जनाएको छ।
कार्यालयको तल्लो तलामा रहेको पसलको ग्याँस सिलिण्डर पड्किएर आगलागि भएको बुझिएको छ ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

-शिवकुमार काशी/हेटौंडा



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०